गाजामा पाँच लाख ६० हजार बालबालिकालाई पोलियो खोप लगाइयो : राष्ट्रसङ्घ

<span class='c1'>गाजामा पाँच लाख ६० हजार बालबालिकालाई</span> <span class='c2'>पोलियो खोप लगाइयो : राष्ट्रसङ्घ</span>

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले गाजापट्टीका १० वर्ष मुनिका पाँच लाख ६० हजार भन्दा बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाएको जनाएको छ ।

गाजाको उत्तर, मध्य र दक्षिणी क्षेत्रमा आपतकालीन खोप अभियानको पहिलो चरण बिहीबार समाप्त भएको मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएच्ए)जानकारी दिएको छ ।

ओसिएइचएका अनुसार उत्तरी गाजामा पहिलो चरणमा संयुक्त राष्ट्रसङ्घ तथा यसका साझेदारले एक लाख १२ हजार भन्दा बढी बालबालिकामा खोप लगाइएको छ ।

साझेदारहरूले करिब चार हप्तामा खोप अभियानको दोस्रो चरण सुरु गर्ने तयारी गरेको ओसिएइचएको कार्यालयले जनाएको छ ।

मानवतावादीले डब्ल्यूएचओको नयाँ विश्लेषणलाई उदृत गर्दै जुलाई २३ सम्म गाजामा घाइते भएका २२ हजार ५०० मानिसलाई गम्भिर चोटपटक लागेको अनुमान गरेका छन् जसलाई आगामी वर्षमा पुनर्वास सेवाहरू आवश्यक पर्छ ।

ओसिएइचएले गाजामा स्वास्थ्य प्रणालीको विनाशको बीचमा ३६ मध्ये केवल १७ अस्पताल मात्र आंशिक रूपमा सञ्चालनमा रहेको जनाएको छ । सिमीतअस्पतालहरुमा पनि आक्रमण, असुरक्षा र बारम्बार निकासी आदेशको कारण प्राथमिक स्वास्थ्य लगायतका सेवासमेत पहुँचयोग्य छैनन् ।

वेस्ट बैङको तुलकार्म र टुबासमा इजरायली सेनाले गरेको पछिल्लो अपरेसनबाट प्रभावित मानिसको आवश्यकता मूल्याङ्कन गर्न मानवीय साझेदारलाई परिचालन गरेको कार्यालयले जनाएको छ जहाँ एक दर्जन प्यालेस्टिनीले मृत्यु भएको थियो ।

ओसिएइचएले प्यालेस्टिनी र इजरायली सेना बीचको गोलीबारीले इजरायली अपरेसनको क्रममा बुधबार र बिहीबार सर्वसाधारणको घरहरू क्षतिग्रस्त हुँदा दर्जनौं परिवारहरू विस्थापित भएका जनाएको छ ।

वेस्ट बैङ्क क्षेत्रहरूमा घातक युद्ध र रणनीतिको प्रयोगले कानूनी मापदण्ड नाघेकाले यसबारे चिन्ता बढेको ओसिएइचएले जनाएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्