-उज्ज्वल आचार्य
आफु भित्रको आफ्नै खोज हो अध्यात्म
आत्मा को स्वरुप अनि चित्र हो अध्यात्म
शून्यता भित्र को शुन्य को जगत नै अध्यात्म
बिचारबिहीन त्यो मन र मगज नै अध्यात्म
बिलाउछु म शून्यतामा जसरी समुन्द्रमा नदी
पुग्दैछु म त्यस्तो ठाउंमा जहा पुग्दैनन् कोई कवि
जाने भये आऊ सँगै तिम्लाई पनि बाटो देखाई दिउँला
बस मनलाई स्थिर गरी अनि आखा चिम्ल
चेतनालाई केंद्रित गरी त्यो प्राणरूपी प्राण वायुमा
चाँडै त्यहा पुग्नुछ अब बचेको आयुमा
जती भित्र डुब्दै गए त्यति बाहिर म फैलिदै छु
निस्चल निर्मल दाग रहित तवर ले म मैलिदै छु
शून्यता को पनी आवाज हुदो रहेछ म त अहिले पो बुझ्दैछु
ईश्वर रहेछ म भित्र तर किन म त वाहिर पो खोज्दैछु ?
मौनतामा पनी सजिलै सुन्न सकिने त्यो सुरिलो धुनमा छ अध्यात्म
तिम्रो प्रश्न "ईश्वर को हो र कहां छ" मा छ अध्यात्म
आफु भित्रको आफ्नै खोज हो अध्यात्म
आत्मा को स्वरुप अनि चित्र हो अध्यात्म
शून्यता भित्र को शुन्य को जगत नै अध्यात्म
बिचारबिहीन त्यो मन र मगज नै अध्यात्म