ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जना जुवाखालबाट पक्राउ

<span class='c1'>ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्षसहित</span> <span class='c2'>९ जना जुवाखालबाट पक्राउ</span>

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारयण माझीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पुर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ हजार ५ सय रुपैयाँ बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

पक्राउ परेका माझी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीबाट खटिएको टोलीले शनिबार राती गोप्य सूचनाको आधारमा पक्राउ गरिएको एसपी कार्कीले बताए । यसरी पक्राउ पर्नेहरुमामा सुनसरीको दुहबी नगरपालिका ६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दरहरैँचा १ का ५० वर्षीय जनक कुमार मास्के, मोहतरीका ४५ वर्षीय महेश साह, ग्रामथान गाउँपालिका ४ का अहिलाल माझी, धरान १५ का युवक राई, दमक १० का ऋतुबर्ण नेम्वाङ, लेटाङ ९ का लोकनाथ सापकोटा र सुन्दरहरैँचा ३ का प्रताप राई रहेका छन् ।

सुनसरी, झापा र मोरङको विभिन्न स्थानबाट जुवा खेल्न ग्रामथानमा आउने गरेको विशेष सूचनाको आधारमा छापा हानेर जुवा खेलिरहेको जुवाडेलाई नियन्त्रणमा लिएको एसपी कार्कीले जानकारी दिए । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।
ग्रामथान ४ मोतीपुर क्षेत्रमा जुवाको अखडा बनाएर नामुद जुवाडेहरु जुवा खेल्ने गरेका थिए । यहाँ कोशी प्रदेशको विभिन्न जिल्ला र मधेश प्रदेशबाट पनि जुवाडेहरु ग्रामथानमा जुवा खेल्न आउने गरेका थिए । खोला छेउ छाउको घरहरुमा व्यवस्थित रुपमा जुवा खेल्ने अखडा बनाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको साथबाट र जुवा खालबाट १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद भएको छ । जुवा खालबाट १७ लाख २९ हजार ५ सय र पक्राउ परेकाको साथबाट १ लाख २२ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई छलेर ग्रामथानको कटहरास्थित बाँस झ्याङभित्र केही वर्षयता नियमित जुवा खाल संचालन गरिँदै आएको थियो ।

जुवा खाल कसले संचालन गरेको थियो भनेर यकिन भइसकेको छैन । उक्त खाल ‘बाह्रमासे’ जुवा खालका रूपमा परिचित थियो । प्रहरीले लामो समयदेखि नियन्त्रणमा लिने प्रयास गरिरहे पनि सम्भव हुन सकिरहेको थिएन ।

यसअघि पनि प्रहरीले जुवा नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर, प्रहरीलाई परै देख्नासाथ खालबाट फरार भएका कारण जुवाडे पक्राउ परेका थिएनन् ।

चाडपर्व नजिकिएसँगै जुवाजन्य गतिविधीहरु हुने भएकोले प्रहरीले कडा निगरानी गरेको एसपी कार्कीले बताए । यसअघि पनि डिएसपीको नेतृत्वमा खटिएको प्रहरी टोलीले यस क्षेत्रको पुगेर अनुसन्धान गर्दै आएको उनले बताए ।
पक्राउ परेका जुवाडेहरुलाई इलका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धान भइरहेको छ । उनीरुलाई आज जुवा ऐन अन्तर्गत मोरङ अदालतमा म्याद थप गरि अनुसन्धान सुरु गर्ने प्रहरीले तयारी गरेको छ ।जुवाको अखडामा प्रहरीको छापा, एमाले नेतासहित १८ लाख ५१ हजार बरामद
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पुर्व अध्यक्ष शिवनारयण माझीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पुर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ ह्जार ५ सय रुपैयाँ बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

पक्राउ परेका माझी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीबाट खटिएको टोलीले शनिबार राती गोप्य सूचनाको आधारमा पक्राउ गरिएको एसपी कार्कीले बताए । यसरी पक्राउ पर्नेहरुमामा सुनसरीको दुहबी नगरपालिका ६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैचा १ का ५० वर्षीय जनक कुमार मास्के, मोहतरीका ४५ वर्षीय महेश साह, ग्रामथान गाउँपालिका ४ का अहिलाल माझी, धरान १५ का युवक राई, दमक १० का ऋतुबर्ण नेम्वाङ, लेटाङ ९ का लोकनाथ सापकोटा र सुन्दरहैचा ३ का प्रताप राई रहेका छन् ।

सुनसरी, झापा र मोरङको विभिन्न स्थानबाट जुवा खेल्न ग्रामथानमा आउने गरेको विशेष सूचनाको आधारमा छापा हानेर जुवा खेलिरहेको जुवाडेलाई नियन्त्रणमा लिएको एसपी कार्कीले जानकारी दिए । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।
ग्रामथान ४ मोतीपुर क्षेत्रमा जुवाको अखडा बनाएर नामुद जुवाडेहरु जुवा खेल्ने गरेका थिए । यहाँ कोशी प्रदेशको विभिन्न जिल्ला र मधेश प्रदेशबाट पनि जुवाडेहरु ग्रामथानमा जुवा खेल्न आउने गरेका थिए । खोला छेउ छाउको घरहरुमा व्यवस्थित रुपमा जुवा खेल्ने अखडा बनाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको साथबाट र जुवा खालबाट १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद भएको छ । जुवा खालबाट १७ लाख २९ हजार ५ सय र पक्राउ परेकाको साथबाट १ लाख २२ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई छलेर ग्रामथानको कटहरास्थित बाँस झ्याङभित्र केही वर्षयता नियमित जुवा खाल संचालन गरिँदै आएको थियो ।

जुवा खाल कसले संचालन गरेको थियो भनेर यकिन भइसकेको छैन । उक्त खाल ‘बाह्रमासे’ जुवा खालका रूपमा परिचित थियो । प्रहरीले लामो समयदेखि नियन्त्रणमा लिने प्रयास गरिरहे पनि सम्भव हुन सकिरहेको थिएन ।

यसअघि पनि प्रहरीले जुवा नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर, प्रहरीलाई परै देख्नासाथ खालबाट फरार भएका कारण जुवाडे पक्राउ परेका थिएनन् ।

चाडपर्व नजिकिएसँगै जुवाजन्य गतिविधीहरु हुने भएकोले प्रहरीले कडा निगरानी गरेको एसपी कार्कीले बताए । यसअघि पनि डिएसपीको नेतृत्वमा खटिएको प्रहरी टोलीले यस क्षेत्रको पुगेर अनुसन्धान गर्दै आएको उनले बताए ।
पक्राउ परेका जुवाडेहरुलाई इलका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धान भइरहेको छ । उनीरुलाई आज जुवा ऐन अन्तर्गत मोरङ अदालतमा म्याद थप गरि अनुसन्धान सुरु गर्ने प्रहरीले तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्