रंगेलीमा कर्मचारी कुटपिटः दोषी पक्राउ गर्न धर्ना

<span class='c1'>रंगेलीमा कर्मचारी कुटपिटः दोषी</span> <span class='c2'>पक्राउ गर्न धर्ना</span>

विराटनगर । नेपाली काँग्रेसले रंंगेलीमा कर बृद्धिको विरोध आन्दोलनमा कर्मचारीमाथि हातपात भएको विषयमा सर्वत्र आलोचना भएको छ ।

रंगेलीको जिन्सी शाखाका कर्मचारी सुधिर चौधरीमाथि गत शुक्रबार कार्यालय परिसरमा भएको हातपात गर्नेलाई पक्राउ गरेर कारावही माग गर्दै आइतबार नगरपालिका परिसरमा कर्मचारी धर्नामा बसेका छन ।

राष्ट्रसेवक कर्मचारी माथि भएको कुटपिटको सम्बन्धमा पेसागत महासङ्घ नेपाल जिल्ला समिति मोरङले प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई आईतबार नै ज्ञापनपत्र बुझाएर घटनामा संलग्नलाई कारवाही माग गरेको छ । राष्ट्रसेवक कर्मचारीहरूको सुरक्षा र न्यायको माग गर्दै उनीहरुले तत्काल कारवाही गर्नुपर्ने माग राखेका हुन् ।

पेसागत महासङ्घ नेपाल कोशी प्रदेश अध्यक्ष, निजामती, स्थानीय, डिन, संस्थान, बैंकिङका प्रदेश अध्यक्ष एवं केन्द्रीय समितिका अन्य पदाधिकारीहरू तथा महासङ्घ जिल्ला समितिको उपस्थित रहेको थियो । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले ज्ञापनपत्र बुझ्दै घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने आश्वासन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्