विराटनगरमा राजमार्गमा भैंसी …..चार सवारी दुर्घटना

<span class='c1'>विराटनगरमा राजमार्गमा भैंसी</span> <span class='c2'>…..चार सवारी दुर्घटना</span>

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर-१३ राइस मिल छेउमा बा १४ च ४४५० नम्बरको स्कार्पीयोले भैंसीलाई ठक्कर दिदाँ घटनास्थलमै मरेको छ । मंगलबार साँझ विराटनगरबाट रानीतर्फ जाँदै गरेको स्कार्पीयो भैसीमा ठक्कर दिन पुगेको थियो ।

भैंसी घटनास्थलमा मरेपछि विराटनगरबाट रानीतर्फ गइरहेको बा१९च २६१८ नम्बरको कारले भैसीलाई जोगाउने क्रममा अनियन्त्रित भयो । त्यसपछि सोही दिशाबाट आउदै गरेको को२५प ६३८७ नम्बर (१५० सिसि) को मोटरसाइकल र को११प २९०९ नम्बर (१२५ सिसि) को मोटरफसाइकललाई कारले ठक्कर दियो ।

एउटा भैंसी चार,सवारी साधन दुर्घटनाको कारण बन्दा बा११च ४५५० नम्बरको स्कार्पीयोका चालक विराटनगर १५ का राकेश कुमार देव सामान्य घाइते भए । उनको बाहिरी चोट नदेखिएकोले स्थानीय मेडिकलमा उपचार भई रहेको छ । स्कार्पीयो प्रहरी नियन्त्रणमा छ । को २५ प ६३८७ नम्बरको मोटरसाइकल चालक विराटनगर १८ का देबेन्द्र यादवको छाति, दुबै खुट्टमा चोट लागेको छ । उनको सामान्य अवस्थामा न्युरो अस्पतालमा उपचार भईरहेको छ । पछाडी सवार अनिता राज लक्ष्मी यादवको ढाँडमा चोट लागेको छ ।

यसैगरी को ११ प २९०९ नम्बरको मोटरसाइकल चालक विराटनगर १४ का राजा गुप्ताको दुबै हात दुबै खुट्टामा चोट लागेको छ । कोशी अस्पतालमा उपचार भईरहेको छ ।

बा१९च २६१८ नम्बरको कार चालक विराटनगर ९ बस्ने मो.हालिम कोशी अस्पतालमा सामन्य उपचार पश्चात डिस्चार्ज भएका छन्लभने कारमा सवार रिचा जैन पनि डिस्चार्ज भईसकेकी छिन् ।

प्रत्यक्षदर्शीका अनुसार स्कार्पियोले डिभाइडरमा चरीरहेको भैंसीलाई ठक्कर दिदाँ मरेको, सडकमा मरेको भैंसी अचानक देखेर कटाउन खोज्ने क्रममा कार र मोटरसाइकल अनियन्त्रित भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख राजन लम्सालका अनुसार सवारी सबै नियन्त्रणमा रहेका छन् । चालकहरुको चालचलन र तत्कालीन अवस्था मापसे रहेनरहेको यकिन भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्