इलामका मोहन राईले गराए ९२ बर्षीया आशा भोसलेसँग गीत रेकर्डिङ्ग

<span class='c1'>इलामका मोहन राईले गराए ९२</span> <span class='c2'>बर्षीया आशा भोसलेसँग गीत रेकर्डिङ्ग</span>

विराटनगर। चर्चित भारतीय गायिका आशा भोसलेको नेपाली संगीतसँगको साइनो पुरानो र प्रगाढ छ । ‘झरी बनी आएछ सावन’ बोलको गीत गाएर नेपाली संगीतप्रेमीहरुको प्रिय बनेकी उनले दर्जनौं नेपाली भाषाका गीतमा स्वर भरिसकेकी छिन् । विभिन्न भाषाका १५ हजार बढी गीत गाएर गिनिज बुकमा नाम लेखाइसकेकी उनीसँगै गीत गाउने नेपाली कलाकारको संख्या न्यून छ ।

पछिल्लो समय ९२ बर्ष पाको उमेरमा उनले युवा गायक मोहन राईसँग नेपाली गीतमा स्वर दिएकी छिन् । इलामको रोङ गाउँपालिका–३ खमारेका मोहन हालैमात्र मुम्बइमा पुगेर ८४ बर्षीय रन्जित गजमेरको संगीत रहेको ‘यो हाम्रो माया’ बोलको गीतमा आशासँगै स्वर भरेर नेपाल फर्किएको दावी गर्दछन् ।

‘ऐतिहासिक र दुर्लभ क्षण बटुलेर फर्किएको छु । गायक कैलाश खेरको कैलाशा स्टुडियो मुम्बईमा गीत रेकर्ड गराउने अवसर मिल्यो । नेपाली गायक गायिकाहरुलाई लागि संभवत यो दुर्लभ क्षण हुनुपर्छ,’ उनले भने,‘आशा दिदीलाई नेपाली संगीतमा भित्र्याउने रंजित गजमेरकै सामिप्यतामा रहेर गीत रेकर्ड गराएका छौं । केही महिनाभित्र सार्वजनिक गर्छौ ।’

राष्ट्रिय भाव र मायाप्रेमका गीत गाउन रुचाउने मोहनले आफ्नो तेस्रो एल्बमका लागि आशा भोसलेसँग गीत गाएका हुन् । जसमा रन्जित गजमेरको संगीत छ । ‘‘मायाको खेल’ र ‘कस्तो सपना’ पछि नयाँ एल्बमको तयारी गरिरहेको छु । चारवटा गीत तयार भइसके,’ उनले भने,‘गीतकारहरुमा बामदेव गौतम, पवन चाम्लिङ, गौरव गुरुङ, टेक तामाङ, अशोक वान्तवा समेटेको छु । संगीतमा रन्जित गजमेर, नरहरी प्रेमी, कन्काइस्ट राईले साथ दिनुभएको छ ।’

मोहनले संगीतमा रुचि राख्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सिक्किमका पूर्वमुख्यमन्त्री डा।पवन चाम्लिङ )किरण) लगायत नेता, कर्मचारी प्रशासकहरुको गीत गाइसकेका छन् । इलाम निवासी राईले नेपालका प्रथम राष्ट्रपति डा।रामवरण यादवबाट २०७१ सालमा आफ्नो पहिलो एल्बम विमोचनसमेत गराएका थिए । पछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री राष्ट्रिय विभुषणबाट पनि विभूषित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्