-वसुन्धरा चौहान"सुनिता "
एकदिन मैले सिलाइ सिक्ने ठाउँमा एउटी दिदी दुइटा नयाँ मच्छेडदानी खुटाउन लिएर आउनु भएको थियो ।त्यो दिन हाम्री गुरुमा अलि व्यस्त हुनुहुन्थ्यो "एकैछिन बस्नुस् न दिदी "उहाँले भनेपछि
केही समय दिदी त्यहीँ गफ गरेर बस्नु भयो।
अरु त खास बोलेनन् सुनेर बसिरहेँ उहाँले भन्नू हुँदै थियो " अलि छिटो गर्न पाए हुने मुवा बुबालाई खाजा दिन ढिला हुन्छ।आफूलाई सन्चो नि छैन ।"
"मैले सोधे अरु कोही हुनु हुन्न र परिवारमा ?"
"हुन त सबै हुनुहुन्छ तर अहिले एक्लै छु।"
"अनि बुढा नानी बाबु नि ?"
"नानी बाबु अमेरिका अस्ट्रेलिया छन्।"
"बुढा नि दिदी "
"उहाँले अर्की लिएर हिड्नु भएको"
"आफैँ यति बुढी हुनुहुन्छ ।शरीर निक्कै रोगाएको देख्छु।
उपचार गर्नुपर्छ नि दिदी नानी बाबु के भन्छ्न नि"
"के भन्नू ,औषधि गर्नु कि यतै आउनु हामी छौ सबै गर्छौ भन्छ्न्।"
"हजुरले किन नमान्नु भएको बेलैमा उपचार गर्नु पर्छ दिदी आफू रहे दुनियाँ हुन्छ है पछि समस्या जटिल भएपछि गाह्रो हुन्छ बिसेक हुन।"
"हुन त हो नि असी वर्ष पुगेका सासू ससुरा हुनुहुन्छ माया लाग्छ मैले पकाएर नदिए एक गाँस खानु हुन्न माया नि धेरै गर्नु हुन्छ।"
"उहाँको लागि केही दिन काम गर्ने कोही राखिदिएर औषधि गर्न जानू के दिदी।"
"हामी ब्राह्मण हौ अरुले पकाएको खानु हुन्न त्यसैले एकपल छोड्न सकिन ।आफूले ख्याल राखे जस्तो नि हुन्न कसरी छोडौ काम गर्ने मान्छेको भरमा ।"
"हजुर महान हुनुहुन्छ दिदी हजुर जस्ती बुहारी कहाँ सबैको भाग्यमा हुन्छ्न् र?"
"कर्तव्य र जिम्मेवारी निभाएकी हुँ बैनी अरु खास त्यस्तो केही हैन"
निक्कै मन भक्कानियो ।उहाँको मजबुरी बुझेर मैले गुरुमालाई भने दिदी
"म सिलाइ दिउँ यी कपडा हजुर ब्यस्त नि हुनुहुन्छ?"
"सक्छैउ त"
"सक्छु दिदी" अरु भन्दा अलि अब्बल थिए र गुरुमाले मलाई सिलाउन भन्नू भो मैले सिलाइ सकेपछि उहाँ सिलाएका कपडा लिएर जानू भयो
त्यसको एकवर्ष नबित्दै उहाँको तस्बिर फेसबुकको भित्ताभरि देखेँ तर उहाँ ...........।
गौरादह नगरपालिका-२,झापा