विराटनगरमा फोहोरको पोको सडकमा फ्याँक्ने बन्दैनन् सदस्य

<span class='c1'>विराटनगरमा फोहोरको पोको सडकमा</span> <span class='c2'>फ्याँक्ने बन्दैनन् सदस्य</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकामा फोहोर व्यवस्थापन गर्ने तीन कम्पनीहरूले शहरको सरसफाइमा गम्भीर चुनौतीहरूको सामना गरिरहेको बताएका छन्। मुख्य समस्याको रूपमा नागरिकहरूको असहयोग र जथाभावी फोहोर फ्याँक्ने प्रवृत्तिलाई औंल्याइएको हो।

विराटनगरलाई उत्तर, मध्य र दक्षिण गरी तीन क्षेत्रमा विभाजन गरी फोहोर संकलन गरिँदै आएको छ। उत्तरी क्षेत्रमा ६ हजार, मध्यक्षेत्रमा ८ हजार दुई सय र दक्षिणी क्षेत्रमा ३ हजार एकसय घरधुरीले मात्र सरसफाई सदस्यता लिएको पाइएको छ। मध्यक्षेत्रका सफाई कम्पनीका प्रमुख एकराज खनालका अनुसार सडकछेउमा घर हुनेहरूले रातिको समयमा पोका बनाई फोहोर फ्याँक्ने गरेका छन्।

यस्तै दक्षिण क्षेत्रको सफाई कम्पनीका प्रमुख धनकुमार लामाले नागरिकहरू अझै सचेत नभएको र जथाभावी फोहोर फ्याँक्ने गरेको बताए। उत्तरी क्षेत्रका सफाई कम्पनीका प्रमुख उमेश कटुवालले भने बिहानभरि सफा गरिएको सडकमा राति फोहोर फ्याँक्ने गरिएको बताए । ‘सदस्य बन्न खोज्नुहुन्न, सदस्यता नलिनेहरूले नहर, खाली जग्गा, बाटो र सडकमा फोहोर फ्याँक्ने गरेको पाइएको छ’ उनले भने धेरै समस्या देखिएको छ ।

तीनै कम्पनीका प्रतिनिधिहरूले महानगरपालिकाले यस्ता कार्य गर्नेलाई थप कडाई गर्नुपर्ने र जनचेतना बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। विराटनगरमा फोहोर संकलन गर्ने तीन वटा कम्पनी छन् । उत्तरी क्षेत्रको नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोल, मध्यभागमा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल तथा दक्षिणी क्षेत्र सगरमाथा मल्टिसप्लायस साझेदार कम्पनी हुन् । विराटनगरमा दैनिक सय मेट्रिक टन फोहोर संकलन हुँदै आएको छ ।

महानगरपालिका सरसफाई शाखा प्रमुख पुनम दाहालका अनुसार तीनवटै साझेदार कम्पनीसँग पाँच वर्षका लागि सम्झौता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्