अमेरिकामा प्रधानमन्त्रीको कार्यक्रम स्थलको सुरक्षा संवेदनशीलता, रोकियो नेपालीसँगको अन्तरक्रिया

<span class='c1'>अमेरिकामा प्रधानमन्त्रीको कार्यक्रम स्थलको सुरक्षा</span> <span class='c2'>संवेदनशीलता, रोकियो नेपालीसँगको अन्तरक्रिया</span>

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम सुरक्षा संवेदनशीलताको कारण स्थगित भएको छ । उक्त कार्यक्रम न्युयोर्कमा आइतबार बेलुकी गर्ने तय भएको थियो । तर, नेपालीसँग गर्ने अन्तरक्रिया कार्यक्रम एक्कासी रोक्नु परेको हो ।

तयारी पूरा भए पनि अन्तिम समयमा प्रधानमन्त्री ओली राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर र अन्य साइडलाइन भेटवार्तामा व्यस्त हुने जनाइएको छ । नेपाली महावाणिज्य दूतावास न्युयोर्कले जारी गरेको विज्ञप्तीमा कार्यक्रम स्थलको सुरक्षा संवेदनशीलताको कुरा समेत उल्लेख गरिएको छ ।

महावाणिज्य दूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताको बारेमा सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी कार्यक्रम स्थगन गरेको जनाएको हो । प्रधानमन्त्री ओली र पराराष्ट्रमन्त्री राणाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम अमेरिकामा समेत रोकिनुलाई सकारात्मक सन्देशको रुपमा हेरिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्