-सविना श्रेष्ठ
म जन्मिएकै दिनदेखि
'बा'को काखमा निर्धक्क भएर
बस्न डराउँछु।
बाको मुहार हेर्दै मुस्कुराउन डराउँछु
फुर्लुङ फुर्लुङ्ग हात खुट्टा फाल्दै
'बा' को मुख हेर्दै मेरा ती
अबुझ भासा बोल्न डराउँछु।
म च्यार च्यार गर्दै रुँदा दाजुले
बोकेर अलि पर पुर्याउँदा
झन डरले उहाँर उहाँर गर्दै
गुहार गुहार भन्दै आमा गुहार्छु।
मेरो मानसपटलमा जन्मिदै
डर भय भरिएको हुन्छ।
जति जति हुर्किदै जान्छु
उति उति डरले जमिनमुनिको
सतमा रुखले जरा गाढे झै मेरो दिमागमा
जरा गाढिसकेको छ।
दाइ भाइ बा काका छिमेकी भाइ
स्कुलको टिचर साथिहरु
सुरक्षा दिने प्रहरी दाइ
अचेल त मलाई दिदीहरुदेखि पनि
डर जाग्न थालेको छ।
मलाई ठूलो सपना देखाएर
बेस्यालयमा लगेर बेचिदिनुहुन्छ।
अनि मलाई मार्नुहुन्छ।
भन्नुस् त बा
म कहाँ र कस्को काखमा
सुरक्षित हुन्छु????
विराटनगर-१२