सप्तकोशीमा पानीको बहाव घटन थाल्यो

<span class='c1'>सप्तकोशीमा पानीको बहाव</span> <span class='c2'>घटन थाल्यो</span>

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव घट्न थालेको छ।

आइतबार बिहानदेखि कोशी ब्यारेजको पुलमाथि बग्दै गरेको भेल रोकिएको छ । पुलमाथि बाढी बग्न छोडे पनि आउजाउ भने खोलेको छैन । पुलमाथि थेग्रिएको फोहोर लेदो पन्छाउने काम भईरहेको छ ।

सप्तकोशी नदीको इतिहासमै दोस्राे पटक उच्च बहाव रेकर्ड गरिएको बताइएको छ। सप्तकोशीमा छ लाख ६१ हजार पाँच प्रति सेकेन्ड क्युसेक पानी बगेर ५६ वर्षपछि दोस्राे पटक उच्च रेकर्ड कायम गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार आइतबार बिहान ७ बजे छ लाख ५५ हजार ३७० प्रति सेकेन्ड क्युसेक पानी बगेको थियो भने बिहान ९ बजे छ लाख २८ हजार १४५ प्रति सेकेन्ड क्युसेक पानी बगिरहेको छ। बिहान ११:३० बजेको मापन अनुसार सप्तकोशी नदिमा पानीको बहाव ५ लाख ८२ हजार क्युसेक पुगेको छ । यद्यपी ५६ वटै ढोकाहरु खुलेका छन् र अति जोखिमको अवस्था तथा HIGH RED ALERT भने कायम छ । सन् १९६८ सालमा कोशीमा सात लाख ८८ हजार दुई सय क्युसेक पानी बगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्