मोरङ दुलारी दुर्घटना अपडेट : दुईजना गम्भीरसहित ३० जना घाईते

<span class='c1'>मोरङ दुलारी दुर्घटना अपडेट :</span> <span class='c2'>दुईजना गम्भीरसहित ३० जना घाईते</span>

विराटनगर । मोरङको सुन्दरहरैंचा ५ दुलारीस्थित पूर्वपश्चिम लोकमार्गमा गछियाबाट इटहरीतर्फ आउँदै गरेको र इटहरीबाट गछियातर्फ जाँदै गरेको एक आपसमा ठोकिदाँ ३० जना सामान्य घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसा गछियाबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ७१६ नम्बर र विपरित दिसातर्फ जाँदै गरेको मे १ ख २६२८ नम्बरको बस एकअर्कामा ठक्कर खाएका थिए । दुवै बसमा सवारमध्ये ३० जना सामान्य घाईते भएको र उनीहरुलाई उपचार लागि अस्पतालहरुमा पठाइएको जानकारी दिइएको छ ।

बिहीबार १०ः२० बजे भएको दुर्घटनामा परेका बस प्रहरीले नियन्त्रणमा लिइएको छ । मे १ ख २६२८ नम्बरको बसका चालक झापा भद्रपुर–१ का रेवती श्रेष्ठ भने फरार भएका छन् भने अर्को ७२१६ नम्बरको बसका चालक झापा कन्काई–१ का प्रकाश दर्जीलाई प्रहरी चौकी गछियाको नियन्त्रणमा राखिएको छ । दर्जीको हातमा चोट लागेको छ ।

अन्य सामान्य घाईतेहरुमा सुनसरी इटहरी ३ निवासी गंगामाया घतानिको टाउकोमा चोट लागेकोले अवस्था गम्भीर रहेकोले न्युरो अस्पताल बिराटनगरमा उपचारका लागि ल्याइएको छ । सुन्दरहरैचा ७ निवासी धनकुमारी तिम्सिना टाउकोमा चोट ल ागेको अवस्था गम्भीर रहेको नोबेलमा पठाइएको छ । यसैगरी यात्रु अन्जना कार्की, जिबन कुमारी राई, कुल प्रसाद तिम्सिना, रितिका मगर, करुणा चौहान सामान्य घाईते छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

यसैगरी सपना राई, मोरङ बेलबारी १ निवासी पबित्रा खड्का, मन्जना मण्डल, रन्जन मण्डल, उर्लाबारी ६ निवासी कल्पना बस्नेत, मोरङ रतुवामाई नपा ५ बस्ने बर्ष ७० को गोमा देबि अधिकारीलाई सामान्य चोट भई उपचारका लागि अस्पताल पठाइको जानकारी दिइएको छ । झुमा गुरुङ, जुना गुरुङ, रिसा लाखे, रिया भण्डारी, इटहरी निवासी सिता बिक, नैनकला लिम्बु, कुमार खड्का, पार्बति खड्का, चन्द्र कुमारी राई, चन्द्रावति बराल, अमृत बराल, सर्मिला राई, दिवा मगर , ईन्द्र बहादुर मगर, गोमा खड्का, दिपा साह सामान्य घाईते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्