-सुरेशकुमार पाण्डे
" अहिले आएकी चामि होइनन् र ?" विक्रमले आफ्नी श्रीमति सिमा सँग सोध्यो।
" हुन् किन ?" -सिमाले सटिकमा जवाफ दिंदै पर्ति प्रश्न गरी।
" त्यस्तै अलि नचिन्नेने भएको देखेर सोधेको ।"-विक्रमले भन्यो।
" अचेल उसको घरमा खासै राम्रो छैन।एक त कामको बोझ भैनभनेर लोग्नेको टोकेसो "- सिमाले आफ्नो निदार चाउरी पार्दै बताइन्।
" घरमा केको टोकेसो छर ? "के भनौँ दामेले आफैले केही काम गर्दैन् रक्सी खाएर हातपात गर्छ।सम्झाइ दिए हुन्थ्यो बरू कहिले एसो फुर्सतमा ।"-सिमाले विक्रम तिर गहिरा आँखाले नियाल्दै भनि।
" हस् तिमीले भन्छौ भने जानुपर्ला।"-विक्रमले सटिकमा मुस्कुराउँदै भन्यो।
ऊ एकछिन पछि दामेको घर तर्फ लाग्यो।
" नमस्ते दाई !"
"नमस्ते बहिना ! सञ्चै छौ सबै घरमा ?"-विक्रम घरभित्र पस्दै भन्यो।
चामिले कुर्ची तिर बस्न अनुरोध गरि। ट्रियमा पानी राखेर दिई पानी पिँएर एकछिन पछि यताउता हेर्यो।परिस्थिती देख्दा राम्रै थियो।
" घरमा लडाई किन गर्छौ र भाई ?"-दामे तिर हेर्दै विक्रमले सोध्यो।
" को लड्यो र दाई ?"-दामे बोल्नु भन्दा पहिल्यै चामिले सोधी।
"तिमीहरू दुबैजना लड्छौ अरे मैले सुनेको।"- होइन दाई कोही हाम्रो प्रेम देखेर जल्दो होला!"- दामेले भन्यो।
" यो निदारमा चोट कसरी लाग्यो त ?"-विक्रमले चामिलाई सोध्यो।
" भुँइमा खुट्टा चिप्लिएर लढ्दा लागेको हो दाई ।"-चामिले मुस्कुराउँदै भनि।
" हस् स्वास्थयको ख्याल राख्नु।"- विक्रमले बिदालिंदै भन्यो।
घोराही-१८,दाङ