-पुष्पा बोगटी
एउटा भकारी जत्रो भाडामा
हाम्रो जम्मै श्वास ओकलेर टिमिक्क कसौँ
हामी कस्सिएर बोलेको कसैलाई ठिक लागेन ।
यसोगरे डम्म पड्किन्छ श्वास भरिएको भाडो
आवाजले बारूदको सिमाना आफैं नाघ्नेछ,
आफै आगो बल्नेछ परिवर्तनको निम्ति ।
अब वाक्य फुटाउन नसक्ने
श्वासबिनाको आइमाईहरू, ठिङ्ग उभिन्छ्न मात्रै
किनकि
समाजले नै मौन स्वास्नी मान्छेहरूलाई मनपराउ छन्।