-ऋषि तिवारी
म बसेको घरदेखि, मेरो बाको घर छोटो दुरीमै पुगिन्थ्यो । मेरा छोराछोरी बाको प्राँगनमा पुगिसकेंका थिए ।
यता म र, पत्नी के कति दक्षिणा बालाई दिने भन्ने वारेमा छलफल गर्दै थियौं । म लोग्ने जातिले भनें स्वास्नी जातिलाई, 'पोहोर त दशैं चुकेको थियो, पोहोरको समेत जोडेर, बालाई यसपाली दक्षिणा दिने कि ?' उनी, भन्न थालिन्, 'मपनि त्यही सोच्दै थिए ।' मैले फेरि भनें, 'ल तिम्रो र, मेरो सोचाई एकै भो, लु हिड, साइतमा बालाई किन धेर कुराउँने ? उहां एकसय बर्ष आठ महिना पुगि सक्नु भएको छ ।' उनी भन्न थालिन्, 'थाहा छ मलाई पनि, बृद्ध शरीरलाई दुःख दिनु हुन्न ।'
मेरी पत्नीले कता के के मिलाई, लाग्यौं हामी युगल जोडी बाको आँगन प्राँगनमा । उमेर ढल्किदैछ, तरपनि आफुले आफूलाई अझै युगल जोडी नै ठान्थें म।
टीका, साइत भन्दा केही ढिला भो हाम्रो । बस्यौं टीका आसनमा । बा, टीका निधारमा लगाउँदै हुनुहुन्छ । आशिर्वादपनि दिदैं हुनुहुन्छ । म र, पत्नी बाको आशिर्वाद हातमा थाप्दै थियौं ।
हाम्रा बाको आशिर्वाद तीव्रता र, कडक थियो । कुनैपनि देवी, देवताले छिट्टै आशिर्वाद दिन सक्दैनन्थें । देवी, देवता ढुंगो मात्र हुन् । म मनमनै बाको अनुहार नियाल्दै भन्थें, 'मेरा बा एक जिवित इश्वर हुन् ।'
विराटनगर-६, ममता- मार्ग ।