-ऋषि तिवारी
"के साह्रो लडाई गरेका यी दुवैं दिदी बहिनी चमेली र गब्बुली ?"
यसरी यीनीहरुको मम्मी फतफताउँदै थिइन् । उसैगरी भन्छिन तिनी नानीहरुलाई, "बाबालाई अफिसबाट आउन देऊन तिमीहरुको ढाड न फुस्काई न लगाई कहाँ छाड्छु र ?"
गब्बुली र चमेलीकी नानीहरुको असाध्यै झैं -झगडा त त र म म भने पनि फेरि एकैछिन पछि मित्रतामा बदल्न्थियो । नाता थियो। आफ्नै रगतको नाता थियो हामी दुई दिदी बहिनी हौं भन्ने ।
अफिस पश्चात चमेली र गब्बुलीको बाबा पनि साँझपख घर पुगें । मम्मीले सुनाउनु भन्दा पनि पहिले गब्बुली छोरीले भनी- "बाबा दिदीले मलाई ढाडमा बेस्सरी कुटी ।"
तिनी गब्बुली छोरी पुलपुलिएकी छोरी थिई । बाबाको पुलपुले छोरी ।
चमेली छोरीलाई हप्काएँ बेस्सरी उनको बाबाले, "यसरी पिट्ने हो बैनीलाई निलडाम सुनिने गरी ?"
त्यो बाबा छोरीलाई हप्काएँ पनि आखिर दुवै मेरा नै नानी हुन भन्दै थिए मनमनै ।
गब्बुली छोरी भन्छे उसैगरी- "बाबा दिदीलाई पनि हिर्काउनुस त ।" उनको बाबाले दिदी चमेलीको ढाडमा आफ्नो हात राख्दै आफ्नै हातलाई हिर्काउँदै भन्न थाले- "पिट्छेस बैनीलाई अबदेखि ?"
विचरी त्यो गब्बुलीलाई के थाहा त्यहा बाबाले दिदीको ढाडमा न हिर्काएर आफ्नै हातमा हिर्काएको । निकैबेर रुइरहेकी गब्बुली छोरी हाँस्न थाली । दुवै दिदी वहिनी हाँस्न थाले । मिलेर पढ्न थाले भने चमेली र गब्बुलीको बाबा खाना खान भान्सातिर पसे ।
त्यहाँ उसको जीवनसंगीनी भान्सामा खाना पस्किदैं हाँसिरहेकी थिइन भने ऊ उनको हँसाईलाई हेर्दै मिठो खाना मानी चबाई रहेको थियो । मानौं यी दुवैं नानीहरुको लडाईले घरमा मिलापको सन्देश दिइरहेको थियो ।
भन्न थाले चमेलीको बाबाले मुखमा गाँस हाल्ने बित्तिकै,"थाहा छ तिमीलाई एउटा कुरो भोली ठूली छोरीको जन्मदिन हैन र ?"
विराटनगर-६, ममता-मार्ग ।