-सुरेशकुमार पाण्डे
आमा यो त अलि धेरै अलाग्दो भएन र हजुर त पढेलेखेको शिक्षिका पनि हुनुहुन्छ ।यस्तो व्यवहारको प्रदर्शन गर्दा अरूले केभन्लान् ?"-शिवप्रसादले आमालाई सम्झाउँन खोज्यो।
" बाबु आफ्नो बाउ बाजेले गर्दै आएको परमपरा हो त्यो राम्रो भएपनि नराम्रो भएपनि अगाल्नै पर्छ।"- सारिकाले आफ्नो छोरा शिव प्रसादलाई भनिन्।
" अहिलेको एक्काइसौँ शताब्दीमा पनि यस्ता कुरिती र परमपराका कुरा मलाई त मन पर्दैन्।"- शिवप्रसादले भन्यो।
" अहिले जुनबाटो मैले अगालेकी छु त्यो समय शान्द्रभिक छ।यो हाम्रो लागि मूलबाटो हो।समाजले जेगर्छ त्यो बाटामा हामि सजिलरी हिँड्न सक्छौँ।"-सारिकाले परमपरागत रूपमा हिंड्न छोरालाई इसारा गरिन्।
शिवप्रसाद केनडामा डाक्टरी पढेर स्वदेव आएको केही दिन मात्र भएको थियो। सारिका भने शिक्षणसंस्थाबाट अबकास प्राप्त गरेकी थिइन। छोरा आए देखिनै आमा छोरा बिच यस्तै विषयलाई लिएर बात विबाद् चलिरहन्थ्यो।
" आमा हामि परमपरा अनुसार हिंडेकोभए सतिप्रथाको अन्त्य हुनेथिएन्। अनि तानाशाही व्यवस्थाको अन्त्य पनि हुनेथिएन।
हामिले समय समयमा विद्रोह गरेर नै अहिले यात्न आएकाछौँ।त्यसलाई हजुरले कसरी बुझ्नुभएको छ ?"-शिवप्रसादले सारिका सँग प्रश्न राख्यो।
" त्यो त राम्रो कुरा हो छोरा तर.. ! "-शारिका बोल्दा बोल्दै रोकिइन्।
" तर ?के आमा!"-
" शिवप्रसादले सटिकमा सोध्यो।
" त्यो आन्दोलनले रोकेको थियो।अहिले हामी एक्लै छौँ।कुनैपनि नयाँ बाटो बनाउँदा ठुलो शंघर्ष गर्नुपर्छ। सजिलो हुँदैन चुपचाप भनेको मान मलाई थाहा छैन र त्यो बालिघरेकी छोरी भन्ने ? "-सारिकाले शिवप्रसादलाई हकारदै भनिन्।
" त्यही त अन्तरजातिय बिवहा गर्न खोजेको होनी आमा समाज परिवर्तन गर्न त कसैन कसैले अपठारो बाटो रोज्नैपर्छ होइन र ?"-शिवप्रसादले आमातिर हेर्दै मुसुक्क हाँस्यो।
घोराही-१८,दाङ