रबिन्द्र बराल\इशु पन्त
विराटनगर । हिन्दु धर्मावालाम्वीहरुको महान चाड दिपावली भित्रिएको छ । उज्यालोको पर्व तिहार र छैठमा प्रयोग हुने माटोका भाँडा प्रयोग हुन्छन् । दियो, घडादेखि अन्य विभिन्न सामाग्री बनाउन माटोसँग खेल्नेहरुको कथा भने भिन्नै छ ।
तिहारमा विशेष गरेर धनकी देवी लक्ष्मीको विशेष पूजा हुने भएकोले उक्त दिन माटाको दियोमा बात्ती हालेर बत्ती बाल्नु शुद्ध मानिन्छ । दियोमा बत्ती बाल्ने चलन छ । मोरङको सुनवर्षी नगरपालिका ९ स्थित कदमगाछिका पंन्डित समुदायका कुमालेहरु हस्तकलाका सामाग्री बनाएर अहिले बिक्री गर्न व्यस्त छन् । उनीहरुले चिम्टाईलो माटोबाट दियो, घैला ,कोसीया, कुहा, मटकुरी, खुत्रुके, हात्ती, ढकना, दलियालगायतका समाग्री बनाएर अहिले बिक्री गरिरहेका छन् ।
बिगत ८ बर्ष अगाडि यहि पेसाबाट आफुहरुलाई मनग्यै आम्दानी हुने गरेको तर अहिले बजारमा विभिन्न किसिमका झिलिमिली इलेक्ट्रोनिक सामानल बजार लिएपनि दियो त बाल्ने चलन हराएको छैन । तर, जति प्रयोग हुने हो त्यो भन्दा कम भएको चिन्ता कुमाले पेसा अपनाउनेहरुलाई छ ।
सुनवर्षीका सुरेन पन्डितका अनुसार पुर्खेउली पेसा भएको हुनाले आफुहरुले यसलाई जगेर्ना गर्नुपर्ने दायित्व सम्झने गरिएको छ । माटोको दियो ,घैला लगायत बनाउँदा आफुहरुले माटो, पराल र दाउरा किन्नका लागि खर्च हुने गरेको बताउँछन् । माटोको भाँडा सुरुमा दिनभरि घाममा सुकाउनु पर्ने र २४ घन्टा देखि ७२ घन्टा सम्म आगोमा पकाउनु पर्ने हुन्छ ।
उनिहरुले तिहारका लागि बजारमा दियो र घैला ६० रुपैयाँ सयकडा का दरले बिक्री वितरण गर्ने गरेको समेत बताए । उपभोक्ताहरुले समेत घरकै माटो त होनि भन्दै सस्तो मूल्यमा खोज्ने गरेको उनको भनाई छ । अर्का रामकृष्ण पंडितका अनुसार रंगेली नगरपालिकाले कुमालेहरुलाई माटो, र चर्खा बितरण गरेतापनि सुनवर्षी नगरपालिकाले अहिलेसम्म केहि सहयोग नगरेको बताए ।
यसैगरी सुनसरीको बर्जु गाउँपालिका गडी टोलमा एक परिवारका १८ जना माटोलाई आकार दिने काम गर्छन। रुपेश कुमार पण्डित साँझ ६ बजे तिर करिब १५० बढी माटोको दियो बनाएका थिए । उनको सात दाजु र आमा बुबा समेत माटोको भाँडाकुँडा बनाउने गर्दछन। भाउजु, दाजु,आमा, बुबा र भतिजो–भतिजी सबैले यसमा सहयोग गर्ने गरेका छन। बिहानै सबेरै देखि माटो खनेर निकालें,माटोलाई पिठो जस्तै माडेर राख्ने,आकार दिने देखि भट्टीमा ३ दिन सम्मका लागि पकाउने लामो प्रक्रिया छ । बजारमा तयार भएको देखिने माटोको भाँडाकुँडा सरल देखिएपनि यसलाई तयार पार्न निकै समय खर्चिने र उतिकै कसरत लाग्ने पण्डित बताउँछन्।
पण्डितका अनुसार अरु बेला भन्दा पनि तिहारको समयमा दियोको माग धेरै हुन्छ। उनीहरूले माटोको खुत्रुके, दियो, हात्ती, घैलालगायत अर्डर अनुसार समेत सामान तयार गर्ने बताउँछन् । अहिले को समयमा दिनको ५ हजार देखि १० हजार माटोको भाँडाकुँडा बनाउने गरेको पनि सुनाउँछन्। उनीहरूले बनाएको माटोको भाडो नजिकको हटियामा र विराटनगरको भट्टी मोड र महेन्द्र चोकमा बिक्री गर्ने बताउँछन्। उनका अनुसार घरमै आएर दियो किन्नेमा २ रुपैयाँ प्रतिथान दिने गरेको र बजारमा बिक्री गरिरहँदा ५ रुपैयाँको २ वटा बिक्री गर्दै आएको बताउँछन्।पण्डितका अनुसार उनको दाजु र आमा बिराटनगरमा बिक्री गरिरहँदा दिनको १४ सय वटा माटोको भाडो बिक्री हुँदै आएको बताउँछन्।पण्डितले भने यो काम विगत ४ वर्ष देखि गर्दै आएको बताउँछन्।
उनको अनुसार पुस्तौं देखि यो काम गर्दिदै आएको हुँदा आफूले पनि गर्दा बाध्य वाएको बताउँछन्। तर उनले पछि यो काम निरन्तरता नदिने र आफ्नै व्यवसाय गर्ने जीद्ध कस्छन।कुमाल जात समुदायका उनले यो काम गर्ने भएकाले हजुरबुवाको पालादेखि चलिआएको कामलाई निरन्तर दिएको हुँदा आफूले गरीएको कामको मान गर्ने बताउँछन्।पण्डितका दाजु छोटु पण्डितले पनि निकै सहयोग गर्दै आएका छन्।माथि खनेर आकार दिन योग्य बनाउने सम्म तयार पारिदिन्छन्।उनका दाजु छोटुले पनि आकार दिने काम गर्दै आएका छन्।
पण्डितको नजिकको छिमेकी पावन कुमार मेहेताका अनुसार उनीहरूसंग घनिष्ट भएको कारण कहिले पैसा नलिने हुँदा तिहार छठमा कहिले दियो र घैला नलिने बताउँछन् । थुप्रै वर्षदेखि सितैमा दिएको समेत बताउँछन्।