-इशु पन्त
सकिए ऊर्जाका बीउ
घोप्टिए मदनीमा मोथेका घिउ
सपनाका मिर्मिरे आश
खुल्दैन आँखैमा परे नी प्रकाश
अल्छे बनायो मलाई घडीले
उठ्छु अब त यसै सडियए।
लालीगुँरास त हिउँसँगै पग्लिदैन्
तिमी किन पागलिन्छौँ
आकाश त परैबाट क्षितिजलाई हेरेर रमाउछ
तिमी किन डगमागिन्छौँ
रुखलाई त बेगको चिन्ता छैन
तिमी जिन्दगीको उताब चढाबदेखि किन आत्तिन छौँ
कस्तुरीलाई त नाईटोको सुगन्ध थाहा छैन
अरूले तिमीलाई झारेको के बुझ्छौ र?
पारिजात त झरेसि टेक्दै हिड्छन्
तिम्रा छातीमा टेकेको मात्र के देख्छौं र?