-अरुण खड्का
लामो छ बाटो निक्लिएँ एक्लै,
साथी बिनाको भइदिएँ एक्लै।
भिन्नै छ मान्छे भिन्न भो पारा,
कोही नभेट्दा थल्लिएँ एक्लै
उस्तै छ तिम्रो त्यो अदा प्यारी,
तिम्रो दिवाना मै थिएँ एक्लै।
को मान्छ आफ्नो हारमा मस्ती,
मानी खुसी ज्यादै पिएँ एक्लै।
पुग्दैन सारा इच्छा चाहना,
पीडा छ चर्को रन्किएँ एक्लै।
बहर-नदील अवतर
वजन-२२१२/२२१२/२२
काठमाडौं।
२०८१/०५/१७