इशु पन्त
विराटनगर । विराटमगर–९ पुरानो गुद्रीमा जानुका पौडेल पेटीमा सेलरोटी बनाएर बिक्री गर्छिन् । १७ वर्ष हुँदादेखि भान्सामा काम गर्न थालेकी उनलाई केहि न केहि गरेरै बस्ने जाँगर चलिरहन्छ । आफूले नै होटल व्यवसायदेखि सडकमा तरकारीसम्म बेचेको पौडेल सुनाउँछिन् । उनले यस अघि पनि थुप्रै काम गरेकी हुन्। उनले चुलाचुलीमा न्यू पाथीभरा होटल साढे तीन लाखमा बेचेर अहिले आफ्नै घरको पेटीमा सेल बेच्दै आएकी छिन्।
उनले साउन १ गतेदेखि रोटी बेच्न थालेको सुनाउँछिन् । अहिलेसम्म बिहेवारी, व्रतबन्ध एवं विभिन्न पर्वमा सेलरोटी अर्डर समेत आउने गरेको छ। उनले एक थान रोटीको मूल्य पहिला २५ रूपैयाँ लिने गरेकी थिइन् भने अब चिसो सुरु भएपनि ३० रूपैयाँ लिन थालेकी छिन् । उनले यसरी ५ रूपैयाँ बढाएर बेच्दा समेत ग्राहकहरु खुसि हुँदै खाने गरेका छन्। ग्राहकले उनको परिश्रमलाई माया गर्ने गरेका छन् ।
उनी बिहान ८ बजे देखि सेलरोटी र अचार बनाउन तयारी गर्न थाल्छिन् । उनलाइ कहिले ठुलो छोराले र धेरै जसो आफ्नो श्रीमानले मिलबाट चामल पिसाएर ल्याइदिने गरेको सुनाउँछन्। पौडेल त्यो समय भित्र आफ्नो सानो छोरा्लाइ तयार परेर विद्यालय पठाउँछिन् । उनलाइ श्रीमानले पिठो मुसेर र काँक्रा काटेर ठिक पारिदिन्छन। पहिला उनको श्रीमान यसरी पेटिमा बसेर काम गर्न आवश्यक छैन, खान पुग्छ भन्ने गरेको सुनाउँछिन् । उनको श्रीमान उनिसँग ३ दिन बोलेका समेत थिएनन् । तर, अहिले मज्जाले घर धान्न सक्ने भएको हुँदा आफुलाई पनि हौसला मिलेको छ।
ग्राहक रमेश राज अर्यालका अनुसार आफुले तिहारमा लगेको अनार्सा र सेल रोटी दुइटै मिठो भएको बताउँछन्। यहाँबाट लगेको रोटी आफ्नो घरमा पकाएको भन्दा निकै स्वादिष्ट भएको बताउछ्न् । उनको जिब्रोमा अझै त्यो स्वाद झुण्डिएको बताउछन् । सेलसँग दैनिकी जोडिरहेकी पौडेल काम गरेर खानका लागि लाज मान्नु नहुने बताउँछिन् । जुनसुकै परिकार बनाउँदा समेत त्यसमा मेहनत र ग्राहकको हित सोच्नुपर्ने उनको बुझाई छ । सेलरोटी बनाउँदा त्यसको दाउनको रुपमा पिठोमा नौनी, दूध, चिनी मिसाउँदा ध्यान दिनुपर्ने उनको सुझाव छ । त्यस बाहेक रोटीसँग खाने तरकारी र अचार समेत स्वाष्टि हुँदा ग्राहकले बिर्सनै नसक्ने उनको बुझाई छ ।