- ऋषि तिवारी
" हैन हौ, साहिँला बुढा, तपाई अझै जानु भएको छैन कोइरालाको घर?" एकाएक श्रीमतीको गर्जन ।
"हिजो बेलुका साहिँला खै भन्दै खोज्दै आउनु भएको थियो । लु लु छिटो गएर आउनुस त ?" फेरि अर्को गर्जन।
अब यहाँ कोइराला छन् । थापा छन् । पण्डित छन् । जे छन् सबै यही छन् । "तर, कोइराला बाजेले किन बोलाएका त मैंले पनि कुरै बुझिन साहिँली ?" त्यो बोलावटको जिज्ञासा ।
"आ ! हजुर पनि अलि कति यसो केही भनो कि ब्यङ्गात्मक झटारो नै हान्नु हुन्छ त लेखक भए कथाकार भए भनेर फुर्किदै हुनुहुन्छ हैन ?"
म हाँसे, "हैन साहिँली खुलस्त भन न, किन बोलाएको?"
"तपाईंलाई थाहा छैन हाम्रो ममता-मार्गको बाटो पिच हुने भो नि अब ।" मीठो समधुर जवाफ ।
"ल गजब हुने भो । आफ्नै घर छिमेकी कोइराला, पण्डित थापा अनि हामी सबै आफ्नै टोल छिमेकी मिलेर सडकबाटो पिच बनाउने भएछौ ।"
छिमेकीको बोलावट र छलफलमा बिजी हुन आफू पनि बैठकमा सहभागी भैदिन हिडेँ, "लु-लु साहिँली म लागे हैं।"
विराटनगर-६, ममता-मार्ग ।