- सुजा चापागाई
खुसी होऊन , कति रुन्छौ जिन्दगीलाई दुखाईरहन्छौ
पिडा अनि चोटकै मात्रै व्यथाहरु फुकाईरहन्छौ।
सुन्नेले नी तिम्रो अघि कठै बरा भनिरहन्छन्
अर्को कोही भेटेपछि तिम्रो खोइरो खनिरहन्छन्।
तिम्रो दुख, पिडासङ्ग तिमी आफै लड्ने गर
खुसी सुख सम्वृद्दि र हाँसो सबै बाड्ने गर ।
एकबारको जिन्दगी हो नरुवाउनु तिम्रो मनलाई
तिम्रो पछि लाग्छन् मान्छे देखेर त्यो तिम्रो धनलाई।
मन भन्दा धन ठुलो भएको छ बुझ तिमी
मन बुझ्ने भेटेउ भने कसम त्यसलाई पुज तिमी।
स्वार्थी भयो पुरै दुनियाँ खुट्टा मात्रै तान्ने गर्छ्न
याद गर अप्ठ्यारोमा अलि पर सर्ने गर्छन ।
तिता लागे होलान तिमीलाई उपदेश अर्ति पनि
रमाएरै खुसीसाथ बाँच भन्छ धर्ति पनि ।
विराटनगर -४,राजवंशी चोक ।