परदेशीको व्यथा

<span class='c1'>परदेशीको </span> <span class='c2'>व्यथा</span>

- निर्मला देवी तिम्सिना
घरसँगै रहर छोड्दै
हावाको बेगमा चरा जस्तै
उडेको जिम्मेवारीको काँध
अनगन्ती श्रमका ताता
ढिक्काहरु बेच्न
देश छोड्दै परदेश ताक्छ !

देश बिर्सन हैन
घर बिर्सन हैन।
परिवार बिर्सन हैन।
पलपल तड्पिएर सम्झिन
चुलिँदै जान्छ छातीमा माया
हिमाल जस्तै
सम्झना अनन्त रहन्छ ,आकाश जस्तै
मुटु कट कट दुख्छ
हतियारले रेटे जस्तै
रङ्गीन सपनाहरू आँखामा
छचल्किन्छन् समुद्र जस्तै
आखिर
पोखिन्छन् रङ्गहीन भएर
पतझर रुखले डाँडो कुरेझैँ
जिर्ण घर कुरेका वृद्ध बाआमा
मझेरीबाट आकाश देखिने छिद्र छानो
खाली तापके ,चिसो चुलो
भोको ,प्यासी वृद्ध पेट
अलिकति बाँझो बारी
फाटेको बाको भोटो
उद्रिएको आमाको चोली
बाका हातका ठेला
आमाका फुटेका पैताला
पानीमा माछा सलबलाए झैँ
पोखिएका आँसुमा
सलबलाउँछ याद।
न उपेक्षा बाँझो बारीको
न वृद्ध बाआमाको।

म रोएको पूर्णबहादुरको
सारङ्गीले होइन
मेरै मादलको तालले
हानेर रोएको हो
दुःखले चड्काएको देखेर हैन
चड्कन खाएर रोएको हो।
सुन्छु हेक्टर, बिगाह, रोपनी
जमिन बाँझो बनाउँदै
बा आमालाई विद्राश्रम राखेर
सहरको आलिसान घरमा बस्ने
पत्थरका मुटुहरु
पूर्ण बहादुरको सारङ्गीमा
तप्प तप्प चुहिँदै छन् रे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्