-चूडामणि नेपाल ‘अकिञ्चन’
‘मान्छे मरेपछि स्वर्ग र नर्क नै जाने हो त ? नेपालकै आकाशमा बस्न पाईंदैन र ?’ देशभक्त सेनानीले प्रश्न ग¥यो । ‘खै देख्ने कोही छैन बाबु, हाम्रा पिता पुर्खा सबैले त्यही भने म पनि त्यसै भन्दै छु ।’ चिया सुरुप्प पार्दै पण्डित बोले । ‘म मरिहाँले भने मलाईचाहिं स्वर्ग नपठाउनु है पण्डित जी ! अझै देशका शत्रुसँग लडनु छ । बाटो, पुल बनाउनु छ, देशको सिमाना हडप्नेलाई तह लाउनु छ । हिमाल, पहाड, तराई पूर्व पश्चिम सबैतिर पुग्न भ्याएको छैन, मरिहालें भने मलाईचाहिं यही देशको आकाशमाथि राखिदिने प्रबन्ध गर्नुहोला ’ ग्रहशान्ति गर्न तयार भएका पण्डिततिर हेर्दै सेनानी बोल्यो ।
‘अनि बाबुसाहेब कहिले फर्किने हो ? अव त विवाह गर्नुपर्छ, यसपटक सुन्दर बुहारी घरमा भित्राएरमात्र जानुहोला आमा बाबाको रहर र इच्छा पनि त पुरा गर्नु प¥यो नि ।’ पण्डितले मन चोर्न खोजे । ‘गर्दैन गुरु गर्दैन, हामी त वाक्क भईसक्यौँ घरमा एउटी बुहारी ल्याईदिए घरै उज्यालो हुन्थ्यो । हामीले बुहारीको मुखै देख्न नपाउने भयौँ । भाग्य नै यस्तै होला ।’ आमाले गुनासो पोखिन ।
‘हाम्रो कुनै दिन आफ्नो हुँदैन, देश र समाजको लागि समर्पण भएको मान्छे, हामी चौबीसै घण्टा देश र समाजका लागि समर्पित हुन्छौँ । विवाह गराँैला नि आमा ! चिन्ता नगर्नुहोस । बरु बुहारी पो भेटन गाह्रो छ ।’ सेनानीले आमालाई संझायो ।
सेनानी ग्रहपूजा गर्न बसेकोमात्र थियो, मोबाईलमा घण्टी बज्यो, आवाजयन्त्र ठूलो बनायो– ‘सुस्तातिर फेरि सिमा आक्रमण सुरुभयो रे तपाईं बटालियनको कमाण्डर भएर जानुपर्ने भयो दुईघण्टाभित्र सदरमुकाम आईपुग्नु होला ।’ पाँच मिनेटमा सेनानी घर बाहिर निस्कयो । गुरुले हतार हतार अभिषेक सम्म गर्न भ्याउनु भो ‘मङ्गलम भगवान विष्णु........।’
विराटनगर-१