विराटनगर । नेपाली संगीत बीसको दशकमा नारायणगोपाल पेरीफेरीमा झुमिरहन्थ्यो । नेपाली सुगम संगीतका लागि यहि दशक स्वर्णिम युगमा प्रवेश गरेको थियो । कलावधीले चिनिएको बीसको दशक नेपाली गायक गायिकाले मौलिकताको खोजीमा आफ्नै भाव, शैली र जगतका गीत/संगीत पस्किरहन्थे । किनकी यहाँ लोकप्रिय शैलीमा आधुनिक गीतले आकर्षण गरिरहन्थे स्वरसम्राट नारायणगोपाल । नेपाली संगीतको त्यो भावले समाजलाई लत्रकै लतारेर लपक्क पारिदिन्थ्यो ।
‘बिर्सेर फेरि मलाई नहेर, चिनारी हाम्रो धेरै पुरानो, तिम्रो जस्तो मुटु मेरो पनि, लौ सुन म भन्छु मेरो रामकहानी’ जस्ता गीतले गोपाल योञ्जन र नारायणगोपाललाई सांगितीक जीवन दिएको थियो । त्यसमध्ये पनि नारायणगोपालको गायन स्तरलाई छुन सक्ने प्रतिस्पर्धी नै नदेखिएपछि उनले मानक खडा गरिदिएका थिए ।
स्मृतिको ३४ औं वर्ष पुग्दा पनि नारायणगोपाल नेपाली हृदयका गायक रहिरहेका छन् । २०४७ मंसिर १९ गते नेपाली मनका हृदयलाई कोमल तवरले स्पर्श गर्दै प्रेमका, वियोगका र विरहका गीत गाउने संगीतका नायकले संसार छोडेका थिए । उनले छोडेर गएपनि उनका कालजयी गीतको मर्मले धेरैको मन छोडेको छैन ।
संयोगले जुर्छ
विराटनगरस्थित स्वर संगम संगीतालयले प्रत्येक वर्ष मंसिर १९ गते उनै स्वर सम्राट नारायणगोपालको स्मृति दिवस मनाउँदै आएको छ । यसमा अर्को संयोग छ संगीतालयको स्थापनाको ३० औं वार्षिक उत्सवको छ । संगीतालय स्थापना भएपछि नारायणगोपाल स्मृति दिवसका कार्यक्रम विराटनगरमा आयोजना हुने गरेका छन् । जसले स्वर्गिय स्वरसम्राट नारायणगोपालका रचना सुन्ने संयोग समेत प्रत्येक मंसिर १९ गतेलाई जुर्ने गरेको छ ।
बुधबार आरोहण गुरुकुल विराटनगरमा आयोजित ३० औं स्थापना तथा ३४ औं स्मृति दिवसको अवसरमा संगीतालयमा संगीत सिकिरहेका कलाकारहरुले १९ वटा गीतमार्फत नारायणगोपाललाई ब्यूँझाएका हुन् । गुरुकुलमा भरिएका स्रोता माझ स्वरसंगम संगीतालयमा प्रशिक्षण लिईरहेकासँगै पोख्त भईसकेका कलाकारले स्वर भरेर आनन्द दिलाएका हुन् ।
संगीतालयका प्रशिक्षण लिईरहेका बालकलाकारहरु सुस्हान्भी भट्टराई, मान्यता जैन, आश्रिता, सौर्या लखौटीया, हार्दिक र नवनित मुन्दडाले राग बागेश्वरीबाट गुरुकुलको हललाई गुन्जाएका थिए । यसैगरी संगीतालयमा पहिलो पटक अशोक प्रजाले तबला सोलो प्रस्तुत गरेका छन् । कोकिलस्वर भएकी कृतिका ढकाल र माही अटलले राग यामन प्रस्तुत गरेका थिए । त्यसपछि ज्योती राजबंशीले ‘म मरेपनि मलाई’ बोलको गीतमार्फत गुरुकुलका हललाई प्रतिक्षाको संकेत गरेका थिए । प्रभा दुगडmे मलाई नसोध कहाँ दुख्छ घाउ, सुस्हान्भी तिमीले पनि म जस्तै लिएर फर्किन् ।
गुरुकुलमा संगीतालयमा प्रशिक्षण लिईरहेकी कृतिका सुन्ने मनहरु निक्कै उत्साहित देखिन्थे । त्यहि बेला तिर्थराज बुढाथोकीसँग मान्छेको माया यहाँ बोलको गीतमा कृतिकाले हलको मनलाई न्याय भरिदिएकी थिइन् । प्रशिक्षार्थी कलाकारका बीचमा वरिष्ठ गायक रामा मण्डल ‘केहि मिठो बात गर’ भन्दै स्टेचमा पोखिँदा धेरैले पुराना प्रेम कहानी सम्झेर मलिन चेहरामा मधुर मुस्कानसहित ताजि बजाए ।
नारायणगोपालको स्मृति गर्दै बिमला करवाले कसरी म भुलें, मनिसा मारुले केहि मिठो बात गर, माही अटल र ज्योती राजबंशीले हिमाल सरी, अनिता बंशलले बिर्ताको चिनो, गीता घिमिरेले यति चोखो यति मिठो, सुनिता अग्रवालले यति धेरै माया दिई, बिनय मण्डलले गल्ती हजार हुन्छन्, जानुका राजबंशीले पोखिएर घामका झुल्का, भूमिका लखौटीयाले पर्खी बसे आउला भनी, ताराकृष्ण श्रेष्ठले छोरीको जन्म, सुर्य धिमालले मन्दिरमा छ की मुर्तीमा माया, डाक्टर मन्जिल श्रेष्ठले प्रियसीका यादहरु र मोहनी लाग्ला है बिनय मण्डल र बिमला करवाले प्रस्तुत गरेका थिए ।
चारजनालाई सम्मान
कार्यक्रमकै दौरान विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । संगीतालयले साहित्य, समाजसेवा, संगीत, ललितकलालगायतका क्षेत्रमा योगदान दिने स्रष्टाहरुलाई सम्मान गरेको हो ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साहित्यकार जयप्रसाद पाण्डे, समाजसेवी जगतप्रसाद अज्र्याल, गायक रामा मण्डल, ललितकला निवास पोखरेल, संगीतालय स्थापनाकालका विद्यार्थीमध्येबाट रश्मी हमाललाई सम्मान गरेका थिए ।
संगीतालयका अध्यक्ष कुशेश्वर राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएका मेयर कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा महानगरपालिका लागिपरेको बताएका थिए । विराटनगर प्रज्ञा प्रतिष्ठानमार्फत सबै भाषा, साहित्य, कला, संस्कृतिको विकासमा लागिसकेको उनको दावी थियो ।