-पारस भट्ट प्यासी
म सतकर्म गर्ने मान्छे, सोझो मान्छे
मलाई कुनै षड्यन्त्र ,खुरापाती,
जालझेल गर्न आउँदैन थियो
बस म आफू संघर्ष गरिरहन्थे
जिवनमा कयौँ पिडाहरु परे
म ति पिडाहरुलाई सहेर आए
हरेक समयमा ठेस लाग्दा लाग्दै समेत
अघि बढीरहेको थिए
मत एक पैदल यात्री थिए
रत बाटोमा लागेको ठेसलाई हौसला मानेर
अघी बढीरहेको थिए !
जुन दिन देखि म स्कुलमा
कार्यालय सहयोगी रहेको थिए
कति हेपाई सहियो
कति काममा पेलाईयो
त्यो मलाई मात्रै थाहा छ
चर्पिहरुमा पानी समेत हुँदैन थियो
एक दुई किलोमिटर टाढाबाट
काँधमा बोकेर ल्याई चर्पी सफा गरेको
मैले बिर्षेको छैन!
दुई हजार -पच्चीस सयमा काम गरिरहेको थिए
आफ्नो पढाई एकातिर थियो काम एकातिर थियो
आर्थिक अवस्था कमजोर थियो
काम पनि गरे पढाइ पनि गरे
टिउसन समेत मैले पढए!!
जे जे गरे मैले आफ्नै गाउठाउँको स्कुलमा गरे
मैले स्कुललाई नै आफ्नो घर सम्झिए
मेरो हौसला मेरो अबसर सम्झिए
मैले स्कुलमा नै भबिस्य देख्न थाले
पढाईमा मेहेनत बढाउदै गए
खाली समयमा विध्यार्थिहरुलाई
पढाउँदै गए
छन त म कार्यलय सहयोगि नै थिए !
एकदीन मेरो मेहेनतले न्याय पायो
मैले स्कुलमा निजि सेवाबाट शिक्षक हुने अबसर पाए ,
ढुक्क सँग पढाउनु पाए
मनमा हर्ष उल्लास छायो
लाग्यो मलाई अब त मेरो पनि दिन आयो!
लोकसेवाको तयारी गर्दा गर्दै उमेर गयो
मलाई ठूलो धोका भयो !!
स्कुलमा हेटहरु बदलिँए ,अनि उनकै राज भयो
ब्यबस्थापन समती अध्यक्ष ,सदस्यहरु नेता चुनिए
जब मेरो स्कुलमा राजनीति घुस्यो
चोरहरुको ब्यवस्थापन भयो
गद्दारी सुरु भयो
राजनीति ,रणनीति सुरु भयो
स्कुलमा मैले पढाउने ठाउँमा
अन्य कोहि राखिए
अन्य कोहि आए!
बिसौँ वर्ष जुन स्कुलमा संघर्ष गरेको थिए
जिम्मेवार भएर काम गर्दै आएको थिए,
अन्तत शिक्षक भएर काम सुरु गर्न नपाउदै
विभिन्न जालझेल गरेर ,बाहाना बनाई ,
मौका हेरि विभिन्न ,नियम कानुन हेरि
मलाई स्कुल बाट छुटाईयो
शिक्षक बाट हटाईयो
निकै भावुक बने रोए
आँखाबाट टिलपिल टिलपिल आँसु बगे
र बगिरहेका छन्
र भनिरहेको छु
चोरहरुको गद्दारी
हुनेछ निकै भारी !
मेलौली-२, बैतडी