-सुरेशकुमार पाण्डे
" साहुजी यो जोडी हजुरको घरमा बस्छन्"-प्रहरीले बाबुराम लाई फोटा देखाउँदै सोध्यो।" हजुर खैत ..! हो हाम्रै रूममा बस्छन् ।कीन केभयो ?-बाबुलाल एकछिन फोटा राम्ररी नियालेर आश्चार्य हुँदै प्रतिप्रश्न गर्यो।
" अहिले थाहा हुन्छ ! हजुरले भाडामा कोठा दिएपछि उनिहरूको जानकारी लिनुभयो त ?"-प्रहरीले सोध्यो।" सर कस्तो जानकारी लिने ? "-बाबुरामले फेरी सोध्यो।" हजुरले यिनीहरूलाई चिन्नुहुन्छ ? काहाँबाट आएकाहुँन ,के गर्छन् ? त्यसबारेमा जानकारी गर्ने हजुरको कुनै जिम्मेवारी हुँदैन ?"-प्रहरी चर्को बोल्यो।" उनीहरू जोई पोइ हुँन् ,पोइले कम्पनिमा नोकरी गर्छ । मलाई जानकारी भएको कुरा यही हो सर।"बाबुरामले सफाइमा भन्यो।
" हजुरलाई थाहा छ उनिहरू बिवाह भएको ?'- प्रहरी झनै झर्कियो।
" म बिहेमा त गइन उनिहरू आफैले हामि जोइ पोइ हौँ भनेपछि त मान्नै पर्यो नी सर !"- बाबुरामले भन्यो।" केटा झग्गुलाई लिएर आउ त !"-प्रहरीले जीपमा बसेका अन्य प्रहरीलाई आदेश गर्यो।" सर !"-उनीहरूले झग्गुलाई लिएर आए।
" यो मानिसको स्वास्नीलाई भगाएर यहाँ तपाँईको घरमा राखेको छ।उस्का पनि परिवार अलपत्र परेका छन्।अब बोलाउँ भित्रबाट।"-प्रहरीले हकार्दै भन्यो।
" रिता त्यो अंस्ति आएका भाडामा बस्नेलाई बोलाउ त !"-बाबुरामले आफ्नो श्रीमतिलाई अह्रायो ।"उनीहरू त बिहानै दिनादुइ राजधानी जान्छौँ र पर्शि फर्कन्छौं भनेर बिहानै गएकाछन् "-उसले भनी। रूम तलासी गर्न प्रहरी सहित गए तर रूममा उनिहरूको केही पनि सामान थिएन।
घोराही-१८,दाङ