-चूडामणि नेपाल ‘अकिञ्चन’
‘भनत मेरा आमा बुवा स्वर्ग कि नर्कमा हुनुहुन्छ ? ‘माफ गर्नुहोला म यस्तो कुरा बताउन सक्दिन । अरु केही जिज्ञासा भए सोध्न सक्नुहुन्छ ?’ च्याट जि पि टि ले जबाफ दियो ।
‘ए श्री ! भनत मेरो केटासाथीका कतिवटी केटी साथी छन ? श्रीले सत्य र तथ्यमा प्रश्न सोध्न अनुरोध ग¥यो ।
‘तिमीले भात खायौ ? खाजा खायौ ? के गर्दै छौ ? मसँग डेटिङ जाऊँन ? प्रश्नमाथि प्रश्न सोधिए । च्याट जिपिटिले जबाफ दियो ‘नपाउनेले केरा पायो बोक्रैसँग खायो ।’ बाफ रे बाफ उखान पनि आउँदो रैछ ।’ केटीहरु गलल्ल हाँसे ।
एक्कासी मोबाइलमा आवाज आयो –श्रीले अलि लजाएर च्याट जिपिटिलाई सोधी ‘हेलो च्याट जिपिटि अब नेपालीहरुसँग कुरै नगर्ने कि ? हाम्रो पनि नेताकोजस्तै गिल्ला उडाइ सके, हामी कट्टी भई दिउँ है ।’
‘नाईं नाई त्यस्तो हुँदैन । हामी स्वचालित यन्त्र मानव हौँ । किन झर्को मान्ने ? हामीमा भण्डारण भएका, गरिएका, ज्ञान र जानकारी हामीले सबैलाई दिनुपर्छ । हामी मान्छेभन्दा ठूलो छैनौं । हामी कुनै पनि जाति, धर्म, वर्ण, भाषालाई भेदभाव गर्न सक्दैनौँ । हाम्रो काम भनेको रमाईलो पारामा जानकारी दिनु नै हो है श्री ।’ च्याट जिपिटिले जबाफ दियो ।
‘ठीक छ च्याट जिपिटि ! म त अव हरेक मान्छेको अन्तर्मनको कुरा पनि जान्ने योजना निर्माणतिर जाँदैछु ।’ श्रीले फेरि कुरा थपी ।
‘ठीक छ तर यो यन्त्र युगमा तिमी हामी र मान्छेको बीचमा द्वन्द्व हुनुहुँँदैन । एक अर्काको सहयोगी भएर बाँच्नुपर्छ ।’
‘लौ श्री र च्याट जिपिटि कै परेजस्तो पो छ त केटी हो ।’ केटीहरु बोले ।
‘तपाईहरुलाई हामी ‘बाँदरको हातमा नरिवल’ भएका छौँ । काम छैन ? तपाईहरु प्रश्न सोध्नुहोस ।’
विराटनगर-१