-सुरेश कुमार पाण्डे
"छोरा सरह छोरीलाई सम्पती हुनुपर्छ, हामि सबै मानव हौं जातिय विभेद हुनुहुदैन।" बिवेकले एउटा दुकानमा साथिहरू सङ्ग चिया गफ गर्दै भन्यो।" हजुरको कुरा त राम्रो लाग्यो तर ..!" दिनेश बोल्दाबोल्दै रोकियो।
"के तर ? भन्नु न आफुलाई लागेको कुरा हामिले आपसमा छलफल गर्दा केकोडर ?"-बिवेक दिनेशको अनुहार तिर हेर्दै भन्यो।
बिवेकले यसरी हेर्दै थियो उसको अनुहारमा केही लेखेको छ जसलाई उसले पढ्न थालेको झैं भान हुन्थ्यो। साहिद् उसले केही सम्झन खोज्यो।
"के भनौं बिवेक भाई हामिले जस्तो भन्छौं त्यस्तो गर्दैनौं।भन्दा र सुन्दा राम्रो लाग्छ तर व्यवहारमा उतार्न कठिन हुन्छ।जसले व्यवहारिकता दिन खोज्छ समाजले नै पागल उपहार दिन्छन्। आजको समाज जसरी चलेको छ त्यही प्रकारले चल्नैपर्ने रहिछ।"-ऊ निरास हुंदै भन्यो।
"त्यही त हो नी विद्रोह गर्ने भनेको। सबैले मानेपछि को सङ्ग विद्रो गर्ने ? आखिर एउटा न एउटाले त अगाडी सर्नैपर्छ।" बिवेकले केही उधारण दिंदै भन्यो।
" पागल आयो पागल! "- केही ससाना बालखहरूले एउटा व्यक्तिलाई लखेट्दै थिए।
" ए बाबु नानिहरू किन चलाएको अङ्कललाई ? भाग यहांबाट "- दिनेशले ति बाल बालिकाहरूबाट उक्त व्यक्तिलाई जोगाउंदै भन्यो। बाल बालिका सबै भागे।त्यो व्यक्ति पनि आफ्नो बाटो लाग्यो। उसको सरिरमा चोटैचोट थिए तर ऊ खित्का छाडेर हाँस्दैथियो।
" को थियो त्यो पागल हो ?"- बिवेकले दिनेश तिर हेर्दै सोध्यो।"
" हो ! तर कुनै वेला त्यो पनि बिद्रोही थियो।"- दिनेशले भन्यो।
" अनि कसरी भयो पागल ?"- बिवेकले निदार चाउरी पार्दै बुझ्न खोज्यो।
" सय जनाले पागल भनेपछि एकजनाको केचल्छ ?"- दिनेशले सटिकमा भन्यो।
घोराही-१८,दाङ