-ऋषि तिवारी
"दैंलो दैंलोमा पुग्थे ती बाबाजी ! निधारमा चन्दन घसेका थिए ।"
हातमा कमन्डलु एउटा चिम्टा झनझन गर्दै दैलोमा उभिएका थिए । म बाहिरै थिएँ । श्रीमतीलाई भनें, "बाबाजी आएका छन्, भिक्षा लेऊ है ।"
उनी कता भान्सामा अलमल गरिरहेकी थिइन् । आफैं हतारो गर्दै थिइन् । छिटो पकाएर छोराछोरी समेत लिदैं अफिस जानु पर्ने थियो उनलाई पनि । उनी पकाउने सुरमा सारमा थिइन् । त्यो बाबाजी एकछिनसम्म त्यही मेरै अगाडी भिखको प्रतीक्षामा थियो । म उसलाई एकनाशले हेरिरहेको थिएँ ।
एउटा उखानै याद आयो यसपल्ट । "जुन जोगी आएपनि कानै चिरेको ।"
म जोगीको कान हेर्न खोजिरहेको थिएँ । एक दिशाको कान देखे सही कान देखे । अर्को दिशाको कान हेर्न भ्याएको थिइनँ । बाबाजीलाई भनें, "बाबाजी अलिकति अर्को दिशा घुम्नु त तपाईंको कान हेर्नु पर्यो ।"
बाबाजी निसर्त अर्को दिशा घुम्यो । संयोगले उसको एउटा कान त माथ्लो भागतिर चिरेकै देखें । म झस्किएँ र बाबाजीलाई भनें, बाबाजी ! हाम्रोतिर एउटा भनाई छ ! अर्थात् उखानै छ । "जुन जोगी आएपनि कानै चिरेको के हो यो वास्तविकता बताई दिन सक्नु हुन्छ कि ?"
त्यतिबेर सम्म श्रीमतीले भिक्षा ल्याएर उसको कमन्डलुमा हाली दिइसकेकी थिइन् । म भनें बाबाजीलाई सोधेको प्रश्नको जवाफ पाउँने आशमा पर्खिरहेको थिएँ ।
भिक्षा लिएपछि बाबाजी अघि बढे । बाबाजीले, यति भन्दै अघि बढे - "बोल निरन्जन।"
मैंले यति बुझें । बाबाजीले शायद उनै निरन्जनसंग उत्तर माग्नु अर्थात उनै परमात्मासंग । "जसले उनलाई एउटा कानै चिरेको बाबाजी बनाएँ ।"
विराटनगर -६, ममता-मार्ग ।