- सुरेश कुमार पाण्डे
" ओहो माइला नमस्ते ! धेरैको भेट भयौँ।हजुरपनि छोरालाई लिन आउँनुभएको हो ?"- रूपकलीले स्कुलको गेटमा घनाश्यामलाई भेटाएर भनिन्।
धेरै वर्ष पहिले उनिहरू वल्लो गाउँ पल्लो गाउँमा बसेको घनाश्यामलाई पनि सम्झना भयो।घाँस दाउरा र ग्वाला जाँदा एउटै बन थियो।" हजुर म नातीलाई लिन आएको "-घनाश्यामले भने।" हामीले जीवनभरी रक्सिखाने माट्ने काम गर्यौँ कहिल्यै स्कुलभित्र पसेनौँ। तिमिहरूले खुब पढ्नु है ! बाबुहरू।"- रूपकलीले स-साना बालबालिकाहरूतिर हेर्दै भनिन्। उनी रक्सिको मातमा थिइन। सबै बालबालिकाहरूले ट्वाल्ल परेर उनैतिर हेरिरहेका थिए।
" मैलेपनि आफुले त पढिन तर मेरो छोरालाई यही स्कुलमा हालेकी छु।"- रूपकलीले भनिन्।
" राम्रो हो आफुले नपढेर पनि छोरा छोरीलाई स्कुलमा भर्ना गरेकोमा खुसि लाग्यो।"-घनाश्यामले प्रसंसा गर्दै भने।
कतिवेला कुराको बिट मार्छिन् र छुट्कारा होला भन्दै कुरा टुङ्गाउँनेतिर घनाश्याम थिए।
तर ऊ भने कुरा तन्काउँदै थिई।" बाबा हिंड्नोहोस् न छिट्टै ढिला भयो ।"- घनाश्यामलाई वाइकको पछि बसेको नातीले घचघचायो।
" हस् ! बहिनी फेरी भेटहौँल।"- भन्दै वाइक स्टार्ट गर्यो र स्युइकियो।" कति राम्रा कुरा गर्दैथिइन आंट्टीले,एकछिन् कुरा सुन्न सकिन्।"- घनाश्यामले बाटोमा आफ्नो आठ वर्षिय नातिलाई भने।
" छि छि कस्ता कुरा उस्तै रक्सि खाएर मातेकी बुढी मुख डुङ्ग गनाएको थियो।"- नातिले आफ्नो मुख बिगार्दै भन्यो।
घोराही-१८,दाङ