-ऋषि तिवारी
'म फटाहा ?'
'कस्तो फटाहा म ?' मन भित्र भएको एउटा मधुर वाणीले बोल्यो । फेरि पनि बोल्यो, 'ओइ तँ अशक्तहरुको फटाहा, तँ गरिबीहरुको फटाहा, तँ अत्याचार विरुद्धको फटाहा, तँ ठगहरुको पर्दाफास गर्ने फाटाहा,फटाहा होस तँ फटाहा ।' ओहो कस्तो जानेछ मेरो मनले । म हत्याहिंसा बलत्कार विरुद्ब को फटाहा । बाहिरी मन र भित्री मनको संवाद मेरो यो सिङ्गो हाड र मासु भएको शरीरले स-सक्त सवाल जवाफ गरिरहेको थियो ।
'हो म अत्याचार सहन सक्दिनँ । गरिबीहरु माथी दमन भएको हेर्न सक्दिनँ । अनि ठगहरुको चंगुलमा सोझा साझा फसेको देख्न सक्दिनँ ।'
यसरी यी घटनाक्रमसँग संघर्ष गर्दागर्दै म फटाहा ।
यसरी फटाहा भएपनि नाम कमाएको थिएँ ।
घर पुगें । श्रीमती पिढिँमा । घरको रंगरोगनमा थिइन् । भनिन्,- 'खै रंग लगाउँने बुरुस । खै रंगका बट्टा ?' जवाफ थिएन मसंग तर पनि दिएँ जवाफ, 'एउटा भिखारी बाटामा ठुलो घाउ खुट्टामा कुहिनै लागेको देखायो । उसलाई हस्पिटल पुर्याएर औषधि मुलो गर्दिएँ ।' यति भनेपछि श्रीमतीको मुखबाट पनि त्यही शब्द निस्कियो- 'फटाहा ।'
विराटनगर-६, ममता-मार्ग ।