लड्यो पर्खाल

<span class='c1'>लड्यो</span> <span class='c2'>पर्खाल</span>

-राजन प्रसाद न्यौपाने
एकटकले हेरेर आकाशलाई

हराउँथे कतै

तिम्रो सामिप्य पर्खेर

सुनौलो कल्पनामा

त्यो भित्तामा झुन्डिएको पात्रो

पल्टाउदै छिटो छिटो

घुमाएर घडिको सूइ

कयौंपटक रात पारेको थिएं

पीडाको मलम खोजेर

चिन्ताको घामले पोल्दा

तिम्रो शीतल छ्हारी खोजेर

हराउँदै जान्थे

कल्पनाको गगनमा

क्षीतिजको चाँदी घेरालाई देखेर

पटक पटक संजालमा

हालेर जाल

पासोमा तिम्रो आकृति

तर

बादलले सूर्यलाई जिस्काए जसरी

पटकपटक जिस्काउथ्यो मलाई

तिम्रो विबशताले

अन्यौलको छटपटाहटले

अधूरो सपना किन

देखाएको होला नियतिले

हृदय डढेको बेला

दमकलको पानी लाग्थ्यो

तिमी,मलाई

त्यै भएर त

तिमीले लगाएको डढेलो

निभाउन

उभिरहेको त भूगोल पार्कमा

दमकल कार्यालय अगाडि ।

एकातिर माया र विश्वासको

घर जलिरहँदा

पानी भर्न निस्क्दै गरेको दमकल देखेर

अचम्म मानिन मैले

नीयतिलाई धिक्कारेर

मात्र हेरी रहें

त्यहीँ आकाशलाई

जहाँ खगोल

शान्त र नि शब्द थियो

छ,हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्