कोशी प्रदेशका १३ सिमेन्ट उद्योग आफ्नै क्लिङकर नहुँदा सञ्चालन संकटमा

<span class='c1'>कोशी प्रदेशका १३ सिमेन्ट उद्योग</span> <span class='c2'>आफ्नै क्लिङकर नहुँदा सञ्चालन संकटमा</span>

विराटनगर । कोशी प्रदेशका १३ सिमेन्ट उद्योग आफ्नै क्लिङकर नहुँदा सञ्चालन संकटमा परेका छन् ।

कोशीका १५ सिमेन्ट उद्योगमध्ये १३ सिमेन्ट उद्योगसँग आफ्नै क्लिङकर छैन । धनकुटाको निगाले सिमेन्ट उद्योग र उदयपुरको उदयपुर सिमेन्ट उद्योग बाहेकले क्लिङकर ल्याएर ग्राण्डिङ गरेपछि उत्पादन गर्नसक्दछन् । क्लिङकर खरिद गर्दा महंगो पर्ने भएपछि उद्योगहरु बन्द र बन्दका चरणमा पुगेका हुन् ।

कोशी प्रदेशको मोरङमा ४, झापामा ८, सुनसरी १, उदयपुर १ र धनकुटामा एउटा उद्योग सञ्चालनमा रहेका छन् । जसमध्ये मोरङको अल्ट्राटेक र अन्नपूर्ण सिमेन्टको उत्पादन बन्द भएको छ । यसैगरी झापाका आठमध्ये तीनवटा उद्योग पूर्ण रुपमा बन्द भईसकेका छन् । पाँच वटा उद्योगको उत्पादन समेत २५ प्रतिशत हाराहारी मात्रै रहेको उद्योगीहरुले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष एवं अन्नपूर्ण सिमेन्ट उद्योगका सञ्चालक राजेन्द्र राउतका अनुसार आफ्नै क्लिङकर नहुँदा ठूलो लगानीमा सञ्चालनमा रहेका उद्योगहरु बन्द हुने अवस्थामा पुगेका हुन् । क्लिङकर आयात गरेर ग्राण्डिङ गर्दा लागत बढ्ने र प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएपछि सिमेन्ट उद्योग बन्द गर्नुपर्ने चरणमा पुगको हो ।

अर्कोतर्फ सरकारको पूँजीगत खर्च गर्न नसक्ने अवस्था, उधारो भुक्तानी नहुनु र भारतमा गुणस्तरीय चिन्ह प्राप्त नगरेका उद्योगको निर्यात रोकिनु पनि नेपाली सिमेन्टका लागि घातक बनेको छ । देशभरमा २१ वटा सिमेन्ट उद्योगको आफ्नै क्लिङकर रहेको छ । खपत कम भएको बेला यिनै उद्योगको उत्पादनले धानिरहेका कारण सरकारले ग्राण्डिङ प्लान्टका सिमेन्ट उद्योग सञ्चालकको मागलाई खासै वास्ता गरेको छैन ।

सुनसरी–मोरङ औद्योगिक करिडोर अल्ट्राटेक सिमेन्टका सञ्चालक मनिष मारुका अनुसार ढेडवर्ष यता उद्योगको प्लान्ट बन्द रहेको छ । सरकारले माग बढाउने गरी खपत बढाउन पूँजीगत खर्च गर्नसके अहिलेको उत्पादनले थेग्दैन । तर, पूँजीगत खर्च नै नभईरहेको बेला पूर्वाधारका काम समेत न्यून मात्रामा भईरहेको छ । सञ्चालक मारुका अनुसार अहिले आफ्नै क्लिङकर प्लान्ट भएका उद्योगहरुले उत्पादन गरेको सिमेन्टको खपतले पुगिरहेको बेला सरकारलाई ग्राण्डिङ उद्योगका सञ्चालकको माग सुनुवाई गर्न जरुरी नै ठानेको छैन ।
उद्योगीहरुले अरुबाट क्लिङकर खरिद गरेर उद्योग चलाउन नसक्ने अवस्था रहेकोले अब सरकारसँगै अनुमति लिएर बन्द गर्ने अवस्था आईसकेको उनीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्