-सुरेश कुमार पाण्डे
" कुनै दिन मेरो त्यो गोकरण सँग धुनधान हुने छ।"- सागर आफ्नाबाटै रिसायो।
" के भयो सागर भाई किन कसैको रीश कसै माथि खनाउँछौ?"- विमलले कपडाका बण्डलहरू पटाउँदै सोध्यो ।
" खासै केही पनि होइन दाई तेत्तिकै बोलेको।"- सागरले असली कुरा लुकाउँन खोज्यो।
" तिम्रो गलती होइन भाई डर त सबैलाई लाग्छ,आखिर कोपो डराउँदैन र राक्षश सँग !"- विमलले व्यङ्ग्यात्मक लयमा भन्यो।
" जस्तो हजुर सोंचनु भयो दाई त्यस्तो केहिपनि होइन।मलाई कसैको डर पनि छैन्।बरू बाल बालिकाको भबिश्यको बारेमा चिन्ता लाग्छ।"- सागरले बतायो।
" मैले त जस्तो अरूका बालबालिकाको हुन्छ उस्तै हाम्राको हुन्छ ।के लढ्नु कसैसँग भनेर चुपचाप छौँ।विमलले यताउता नजर घुमाउँदै भन्यो।
" हो दाई ! यस्तै सबैले सोंचने हो भने त यो देश नै रहन्न ।"-सागरले चिन्ता जताउँदै भन्यो।
" के मरम् त ? अरू कसैले आवाज उठाउँदैनन्।तिमी र म मात्रै बाइलो हुने मात्रै हो।सक्छौ भने एउटा काम गरौँ दुइचार जना केटाहरू ल्याएर आगो ठोक्दिउँ ! न रहन्छ बास न बज्छ मुरली।"- विमलले भन्यो।
" त्यसो गरेर केहुन्छ थाहा छ ? उसैले जित्छ । ऊ आफ्नो व्यवस्था त फेरी पनि मिलाइहाल्छ। " हामी जान्छौँ जेल !"- सागरले भन्यो।
" अनि के गर्ने त ? विमलले सोध्यो ।
" त्यसको खिलाफ जनमत तैयार पार्ने। सबैभन्दा ठुलो शक्ती हो जनमत । यो सार्वजनिक ठाउँमा खास गरेर स्कुल परिसरमा यसरी खुलेआमा मदिराको डेक खोल्नु गलत हो।यसले हाम्रा यि करणधारहरूको भविष्यमाथि नकारत्मक असर पर्छ।भन्ने कुरा जनताले बुझेभने बल्ल उनिहरू यसको बिरोधमा सडकमा उत्रिन्छन् र जनताको जीत हुनसक्छ।
" त्यसो भए आजैबाट लागौं न्।"-दुबैजनाले हात मिलाएर अगाडी बढे।
घोराही-१८,दाङ