तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता शुक्रबारदेखि

<span class='c1'>तेस्रो राष्ट्रिय डोरीतान</span> <span class='c2'>प्रतियोगिता शुक्रबारदेखि</span>

काठमाडौँ । तेस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिता यही फागुन १६ गतेदेखि हुने भएको छ । नेपाल डोरीतान सङ्घको आयोजनामा फागुन १६ र १७ गते उक्त प्रतियोगिता हुन लागेको हो ।

सङ्घले सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गर्दै सातै प्रदेशका खेलाडीको सहभागिता रहनेगरी प्रतियोगिता गरिने जानकारी दिएको हो । सङ्घका अध्यक्ष भवानीप्रसाद पौडेलले भक्तपुरको सानोठिमीस्थित एसओएस हर्मन माइनर स्कुलमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा पुरुषतर्फ सात प्रदेश र तीन विभागीय सहित १० टोली तथा महिलातर्फ पाँच प्रदेश र तीन विभागीयसहित आठ टोलीको सहभागिता रहने छ । महिलातर्फ सुदूरपश्चिम र कर्णाली प्रदेश भने सहभागी नहुने आयोजकले जनाएको छ ।

कुल १८ टिमका एक सय ६२ खेलाडी सहभागी हुने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । प्रतियोगिताको पुरुष विजेता टोलीले नगद रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार प्राप्त गर्ने सङ्घका अन्तरराष्ट्रिय प्रतिनिधि आनन्दकुमार यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार महिलातर्फका विजेताले नगद रु ६० हजार र उपविजेताले रु ४० हजार प्राप्त गर्नेछन् । नेपालको पुरानो मौलिक खेल भएर पनि लामो समयसम्म ओझेलमा परेकाले राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना गरी यसको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको यादवले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न रु ३१ लाख लाग्ने आयोजकले अनुमान गरेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्