मोरङको धनपालथान रामचौक घटनामा मानव अधिकार आयोगको चासो

<span class='c1'>मोरङको धनपालथान रामचौक घटनामा</span> <span class='c2'>मानव अधिकार आयोगको चासो</span>

इन्दु साह
विराटनगर । प्रहरी कार्यालय नागरिकका लागि सेवा प्रदायक संस्था हो, तर हालै मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीको व्यवहारले यो धारणामा प्रश्न उठेको छ ।

प्रवक्ता जोशीले पीडित पक्षलाई अनुचित व्यवहार गरेको अडियो तथा भिडियो सार्वजानिक भएपछि आलोचना भईरहेको छ । जसमा उनले जाहेरी दर्ता नगर्ने र “च्यातेर फ्याँकी दिन्छु“ भन्दै हप्काएको आवाज सुन्न सकिन्छ। मोरङको धनपालथान गाउँपालिका–६ रामचोक निवासी ४० वर्षीय जोगीकुमार महतो नयाँबजारमा कुटपिटबाट गम्भीर घाइते भएका थिए। न्यायको खोजीमा उनले मोरङ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन आउँदा प्रहरी प्रशासनले जाहेरी लिन अस्वीकार गरेको थियो ।

प्रहरी प्रवक्ता वेद प्रकाश जोशीले भने भाइरल भएको अडियो क्लिपमा सम्पूर्ण वार्तालाप समावेश नभएको र अन्तिमको अंशमात्र सामाजिक सञ्जालमा प्रसारित भएको बताएका छन्। उनका अनुसार, जाहेरी दर्ता नगर्नुको कारण पीडित पक्षले रीतपूर्वक जाहेरी नल्याउनु पनि रहेको बताएका छन् । जाहेरीमा “अभद्र व्यवहार“ लेख्नुपर्नेमा “लुटपाट र ज्यान मार्ने उद्योग“ उल्लेख गरिएको थियो। पटक–पटक शिर्षक परिवर्तन गर्न आग्रह गरिए पनि पीडित पक्षले मान्यता नदिएकाले जाहेरी दर्ता नगरिएको उनको भनाइ छ।

१७ गते राति घटेको घटनाको जाहेरी अन्ततः २३ गते शनिबार “अभद्र व्यवहार“ शीर्षकमा दर्ता गरिएको छ। प्रवक्ता जोशीका अनुसार, १८ गते नै अभियुक्तलाई प्रहरी कार्यालयमा झिकाइएको थियो र पीडित परिवारलाई पनि जाहेरी दर्ताको लागि पटक–पटक सम्पर्क गरिएको थियो, तर उनीहरू उपस्थित भएनन्। पीडितकी श्रीमती रुपो देवी महतोले भनिन्, म मेरो घाइते श्रीमानको उपचारमा व्यस्त थिएँ, त्यसैले प्रहरी कार्यालयमा समयमा उपस्थित हुन सकिनँ। साथै पीडितले जाहेरीमा आफुसंग भएको १ लाख रकम कुटपिटको क्रममा पिडकले लिएर फरार भएको आरोप समेत लगाएका थिए । महतोलाई सोरेन सतारले आक्रमण गरेको भनाई छ ।

प्रवक्ता जोशीको पीडित प्रतिको व्यवहारबारे राष्ट्रिय मानवअधिकार आयोग विराटनगरले समेत चासो व्यक्त गरेको छ। आयोगका सूचना अधिकारी दिल्लीराम लम्सालले पीडित परिवार र प्रहरी प्रवक्तासँग यस विषयमा कुराकानी गर्ने जानकारी दिएका छन्। सार्वजानिक अडियोमा प्रवक्ता जोसीले जाहेरीको समय ५ बजे पछि सकिको कारण पनी दर्ता नगर्ने बताएका थिए तर उनलेनै आवर विराटनगरसंगको कुराकानीमा प्रहरी कार्यालयमा २४ घण्टा जाहेरी दिन मिल्ने, तर अदालती प्रक्रिया भने बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र हुने बताए । यद्यपि, मोरङ जिल्ला प्रहरी कार्यालयमा १० देखि ५ बजेको समयमा मात्र जाहेरी दर्ता हुने प्रचलन रहेको जनगुनासो छ । प्रहरीको यस्तो व्यवहारले आम नागरिकमा प्रहरीप्रतिको विश्वास कम हुनुका साथै प्रहरबिाटै त्रसित हुनसक्छन् । प्रहरी जनताप्रति समर्पित संस्था हो र पीडितप्रति संवेदनशील हुनुपर्ने आवश्यकता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2