मोरङका दुई जनासहित ११ जिल्लाबाट २१ जना अवैध वित्तीय कारोबारको आरोपमा सिआईबीद्वारा नियन्त्रण

<span class='c1'>मोरङका दुई जनासहित ११ जिल्लाबाट २१ जना</span> <span class='c2'>अवैध वित्तीय कारोबारको आरोपमा सिआईबीद्वारा नियन्त्रण</span>

विराटनगर । आन्तरिक रेमिटेन्सका नाममा १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैँयाको अवैध कारोबार गरेको आरोपमा २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नियन्त्रणमा लिएको छ । अवैध वित्तीय कारोवारमा संलग्न ११ जिल्लाका कारोबारीहरूलाई पक्राउ गरेर सिआइबीले अनुसन्धान थालेको हो ।

विदेशबाट हुने रेमिट्यान्स आप्रवाहमा अवरोध गरी नेपालमा अवैध कारोबार (भन्सार, चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा संलग्न उनीहरुमाथि आरोप छ ।

पक्राउ परेका व्यक्ति तथा समूहले गैरकानूनी कारोबारबाट प्राप्त गरेको रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रा.लि.) कम्पनीहरूको नाममा नेपालमा रहेका बैंक खाताहरुमा जम्मा गर्नको ‘मनी म्युल’ हरुलाई परिचालन गरेको पाइएको छ ।
विभिन्न रेमिट्यान्स भुक्तानी गर्न अनुमति लिएका मनी ट्रान्सफरहरूले उक्त डिजिटल वालेट कम्पनीहरूमार्फत ‘ई मनि’ बनाई सो रकमलाई रेमिट्यान्स बापत भुक्तानी पाउनु पर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरुका नेपालमा रहेका आफन्तहरुको खातामा ट्रान्सफर गरी रेमिट्यान्स बापतको रकम हिसाब मिलान गरेको देखिएको छ ।

उनीहरूले नेपाल राष्ट्र बैंकबाट जारी आदेश र निर्देशन विपरितको कार्य गरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुर उपर अनुसन्धान सुरु गरिएको छ । सीआइबीका प्रहरी उपरीक्षक एवं प्रवक्ता सुधिरसिंह शाहीका अनुसार उनीहरुले विभिन्न मितिदेखि यस्तो अवैध कारोबार गर्दै आएको खुलेको छ । पक्राउ पर्नेमा मोरङका विरेन्द्रप्रसाद साह र दिपेन्द्र प्रसाद साह रहेका छन् । उनीहरुले डिएस ट्रेडर्स एण्ड रेमिट्यान्स सञ्चालन गरेर अवैध कारोबार गरेको आरोप छ ।
हेर्नुहोस् पक्राउ परेकाहरुको विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्