सटही काउन्टरबाट अवैध कारोबार : विराटनगरबाट श्रीमान–श्रीमती, रतुवामाईबाट बाबुछोरा सिआईबीको नियन्त्रणमा

<span class='c1'>सटही काउन्टरबाट अवैध कारोबार : विराटनगरबाट</span> <span class='c2'>श्रीमान–श्रीमती, रतुवामाईबाट बाबुछोरा सिआईबीको नियन्त्रणमा</span>

विराटनगर । झण्डै १८ अर्ब रुपैँयाको अवैध कारोबारमा संलग्न ११ जिल्लाका २१ जनालाई सिआईबीले नियन्त्रणमा लिदाँ मोरङका चारजना परेका छन् । जसमध्ये मोरङको रतुवामाई नगरपालिका ४ आमबाडीका ५९ वर्षीय विरेन्द्रप्रसाद साह र ३१ वर्षका दिपेन्द्रकुमार साह रहेका छन् । उनीहरु बाबुछोरा हुन् ।

यसैगरी विराटनगर १३ घर भएका ३५ वर्षीय रामविलास साह र ३० वर्षीया ममताकुमार साह समेत सिआईबीको नियन्त्रणमा परेका छन् । उनीहरु श्रीमान–श्रीमती हुन् । उनीहरुको स्थायी ठेगाना भने सप्तरीको रहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलिले मोरङ प्रहरीसँगको समन्वयमा उनीहरुलाई पक्राउ गरेको थियो ।

आमबाडीका बाबुछोराले डिएस ट्रेडर्स तथा रमिट्यान्स नामक संस्था सञ्चालन गर्दै आएका थिए । उनीहरु विरुद्ध दुई अर्ब ८२ करोड ३९ लाख रुपैँयाको अवैध कारोबार गरेको आरोप छ । यसैगरी विराटनगर १३ का श्रीमान् र श्रीमती रामविलास र ममता साहले शिभम् इन्टरप्राइजेजमार्फत झण्डै एक अर्बको कारोबार गरेको खुलेको छ । उनीहरु विरुद्ध ९९ करोड २८ लाख बढीको अवैध कारोबार गरेको आरोप छ ।

मोरङका चारजनालाई नियन्त्रणमा लिएर एउटै गाडीमा गत बैशाख १२ गते काठमाण्डौं पठाइएको थियो । सीआईबीको टोलीले मोरङसहित ११ जिल्लाबाट २१ जनालाई एउटै आरोपमा पक्राउ गरेर सोमबार सार्वजानिक गरेको हो ।

प्रहरीले महोत्तरीका श्रवणकुमार साह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महतो, धनुषाका निरोजकुमार महतो, सोही जिल्लाका अलिता देवी महतो, प्रकाश सिंह, अरुणकुमार साह, सञ्जिवकुमार महतो छन् । यसैगरी पर्साका प्रदीपकुमार साह, नवलसरासीका राजकमल लोनिया, भीमकुमार गुरुङ, पर्साका बिकर्णजंग राणा, नवलपरासीका गणपति पाण्डे, वीरगञ्जका सलमा खातुन, सप्तरीकी सुशीलाकुमार साहु, चितवनका गोविन्दप्रसाद आचार्य र सप्तरीका शम्भु मेहता छन् ।

उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ बराबरको अवैध कारोबार गरको सीआईबीका प्रवक्ता तथा एसपी सुधीरराज शाहीले जानकारी दिएका छन् । भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र कर छली लगायतमा संलग्न रहेका व्यक्ति तथा समूहले अवैध कारोबारबाट प्राप्त गरेको गैर कानुनी रकमलाई डिजिटल वालेट कम्पनीहरूको नाममा जम्मा गर्न लगाउने गरेको प्रहरीले बताएको छ । नगद नै रकम खातामा प्लेसमेन्ट समेत गर्न लगाउने गरेको खुलेको छ ।

उक्त रकमलाई रेमिटेन्स भुक्तानी गर्न अनुमति लिएका मनी ट्रान्सफरहरूले डिजिटल वालेट कम्पनीमार्फत इ–मनी बनाइ उक्त रकमलाई रेमिटेन्स वापत भुक्तानी मिलाई अवैध कारोबार गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्