विराटनगर । टीभीएस बाइकका ग्राहकहरूका लागि सुरु भएको एक्चेन्ज मेलामा आकर्षण रहेको छ। श्रावण ११ देखि १६ गतेसम्म टिभिएस एक्चेन्ज मेला विराटनगरको मुनाालपथस्थित पञ्जाबी पेट्रोल पम्पको अगाडी संचालनमा ल्याइएको छ।
नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले विराटनगरमा विशेष योजना सहितको "टिभिएस एक्सचेञ्ज म्यानिया" सुरु गरेको हो।
टिभिएसको अधिकृत विक्रेता केशरीचन्द भँवरलाल विराटनगरद्वारा आयोजित कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना बाइक ल्याएर ग्राहकहरूले नयाँ टिभिएस बाइक वा स्कुटर खरिद गर्दा रु. ३०,००० सम्म मूल्याङ्कन, रु. ८,००० सम्म छुट, ०% ब्याजदरमा किस्ताबन्दी, साथै इन्जिनमा लाइफटाइम वारेन्टीजस्ता विशेष सुविधा प्राप्त गर्न सक्ने कम्पनीका मार्केटिङ म्यानेजर सन्तोष शाहले बताए ।
साथै, कार्यक्रममा सहभागी ग्राहकहरूलाई आकर्षक गिफ्ट प्याकेजहरू समेत प्रदान गरिनेछ। १० भन्दा बढी अनुभवी भ्यालुएटरमार्फत पुराना बाइकको मूल्याङ्कन गरिनेछ जसले गर्दा प्रक्रिया विश्वसनीय र निष्पक्ष हुने आयोजकको दाबी छ।
हाल नेपाली बजारमा टिभिएसका २३ मोडेल उपलब्ध छन् र कम्पनीले ग्राहकलाई आर्थिक सजिलो, इन्जिन ग्यारेन्टी, र भरोसायोग्य सेवा सहित नयाँ बाइक चढ्ने उत्कृष्ट अवसर प्रदान गर्दै आएको छ।
टिभिएसप्रेमी तथा बाइक फेर्न चाहने ग्राहकका लागि यो अभियान सुनौलो अवसर सावित हुन सक्नेछ।