रिकेश निरैला
आज भन्दा ठिक पच्चिस बर्ष पहिला बि.सं.२०५७ साल बैसाख महिनाको ११ गते आइतबारका दिन सुनसरी सदरमुकाम इनरुवामा जन्म भएको मेरो बाल्यकाल इनरुवामै बित्यो। साँच्चै नै कति रमाइला थिए ती मेरा बाल्यकालका ती दिनहरु। अहिले २५ बर्षको उमेरमा आइपुगेर त्यो दिन सम्झिदा पनि एक किसिमको छुट्टै आन्नद आउछ मलाई।
न त कुनै कुराको पीर हुन्थ्यो न त कुनै कुराको टेन्सन। हुन्थ्यो त केवल के खेल्ने होला, कोसँग खेल्ने होला, को को साथीहरु आउलान, आज घर बाट खेल्न जान दिनु हुन्छ कि हुदैन भन्ने। बिदाको दिन आउनसाथ बाल्यकालला ती अविशमरणिय दिनहरुको याद आउँदा रहेछन्, जहाँ हप्ताभरिको थकान बिर्सेर इष्टमित्रसँग रमाएको अनि सुखदुख एकआपसमा साटासाट गरेको।
कति सुन्दर,अनौठो र मिठो हुन्छन ती बाल्यकालका दिन हरु कहिले हामी हजुरबुबाको काखमा,कहिले हजुरआमाको काखमा त कहिले बुवाआमाको साथमा समय बिताउने गर्छौ,अनि उहाँ हरुले पनि आफ्नो हाँसो अनि खुशीको प्रवाह नगरी हामिलाई हुर्काउनु हुन्छ । पढाउनु हुन्छ र सारा संसार चीनाउनु हुन्छ।धेरै याद आउँछ त्यो बाल्यकालका ती दिन हरुको जब म तपाईँ हरुको काखबाट टाढा हुन्छु बाआमा।
बाल्यकालका ती दिनहरु गाऊँका मेला पाखा,खेतको कान्ला हरुमा जहाँ गाई,बाख्रा चराउन गईन्थ्यो। अनि तिनै साथिभाईहरुसँग भाडाकुटी खेलिन्थ्यो, टालाटुली खेलेको, साईकलको टायर गुडाउने प्रतिस्पर्धा गरेको,मोजाको फुटबल र टालीको पिट्टो खेलेको त्यो दिनहरु। चुङ्गि र डन्डिबियो खेलेको त्यो दिन र त्यो साथिहरु,अनि घर नजिकैको बाँसघारी र परालको टायलमा गएर लुकिलुकी तास खेलिन्थ्यो,नहरमा गएर पौडि खेल्दा अहिलेको सुइमिङ्पुलमा भन्दा कैयौगुना रमाइलो हुन्थ्यो।
अहिले पनि यी मेरा आँखामा झलझली याद आउँछन्न ती मेरा बाल्यकालका अविश्मरणीय दिनहरु।घरबाट बुबाको साईकल नसोधी लगेर साथीहरु सङ पौडी खेल्न गएका ती दिनहरु,बुबाआमाले पौडी खेल्न गएको भन्ने थाँहा नपाउनुहोस् भनेर कपाल,हात,खुट्टा र मुख फुस्रो नदेखियोस भनेर ५ रुपैयाँको तेल किनेर लगाएका ती दिनहरु अझै ताजै छन्न यो मानस्पटलमा।सम्झना छ त्यो दिन हरुको जुन दिन साथिहरुसँग जंगलमा गएर चिलाउने रुख काटेर ल्याइन्थ्यो अनि त्यसैको चोके बनाएर बाँसको पङ्ग्रा हालेर गाडी बनाइन्थ्यो र साथी लाई चढाएर गाडि घीस्याइन्थ्यो।
बाल्यकालका ती दिनहरु जुन बेला दिनभरी क्यार्याम,लङ्गुर बुर्जा,तास,लुडो,चेस आदि खेलेर बसिन्थ्यो अनि साझँ परेर घर पुगेपछी आमाको हातबाट कहिले काहिँ सारै नमज्जाले कुटाई काईन्थ्यो,त्यो दिन आज पनि निकै अविश्मरणिय छ।आज जति रमाईलो मोटरसाइकल र कार चलाउदा हुन्छ त्यो भन्दा बढी मज्जा बाल्यलालमा साइकलको टायर गुडाऊदा हुन्थ्यो।फूटबल,टेनिस,क्रीकेट,कवडी खेल्दै बितेका ती दिन हरु सम्झिदा समेत निकै रमाईलो लाग्छ आज।फुटबल र भलिबल किन्नको लागी एक्लै ले नसकेर सबै साथीहरु मिलेर ५०÷५० रुपैयाँ उठाएर किनेको फूटबल खेल्नुको मजानै बेग्लै हुन्थियो। आज एक्लै त्यो एउटा फूटबल र भलिबल किन्न सक्ने हैसियत बनाए तर त्यो सबै साथिहरु जस्ले ५०÷५० रुपैयाँको योगदान गरेका थिए तिनीहरुलाई अब कहाँ खोज्नु,कहाँ बाटल्याउनुरुक्रिकेट खेल्दा बल झाडीमा गएर खोज्न जादा पहिले हराएको बल सहित २÷३ वटा बल फेला पार्नुको खुशी निकै रमणिय र आनन्ददायी हुन्थ्यो।बाँसको पट्केरा,सुपाडीको पत्ता र केराको दाम्चामा बसेर चिप्लेटी खेलेका ती दिनहरु,कटहरको पत्ताको फिर्फिरे बनाएर कस्को धेरै उड्ने भनर साथीहरु सङ्ग प्रतिस्प्रर्दा गरेका ती अविशमरणीय दिनहरु।
गाँउमा बाडी पस्दा केराको घरीमा बसेर तहिरिदै खेलेका दिनहरु,लब्बडको लब्बड्याङ खेलेका ती सङ्गतियाहरु खै काता गए ? चच्चा, चुङ्गी,लुडो, कवडी,लुकोडुम,छुइडुम,दौड आदि खेलेका ती दिनहरु अझैपनि मेरो मानस्पटला ताजै छ। तर खोई कहाँ गए ती साथीभाईहरु,जो सङ्ग चुङ्गि,लोडो,फूटबल,क्रिकेट,भलिबल,डन्डिबियो,पौडी खेल्न गईन्थ्यो।आज चाहेको कुरा सबै छ तर कमि छ केवल त्यो बाल्यकालका साथीहरुको जो सङ दिन बिताउन निकै रमाइलो हुन्थियो र समय बितेको समेत पत्तै हुदैन थियो।त्यो बाल्यकाल अब चाहेर पनि फर्काउन सकिदैन तेसैले त त्यो समयका मिठा र अविश्मरणीय पलहरु सम्झन बाहेक अरु केही विकल्प नै छैन।
धेरै सम्झना छन् ती बाल्यकालका दिन हरुको तर आज चाहेर पनि त्यो बितिसकेका दिनहरुलाई सम्झिदै बस्ने भन्दा अरु कुनै विकल्प नै छैन।आज फेरी त्यो बाल्यकालमा जान मन लाग्यो।जिवनको यात्रा,नयाँ अनुभुब,नयाँ ठाऊँ,नयाँ परिवेशमा पनि बाल्यकालमा गरेका कुरा हरु सम्झँदा मेरो मन निकै रमाउछँ।