तिहारमा कस्तो हुनेछ मौसम ?

<span class='c1'>तिहारमा कस्तो हुनेछ</span> <span class='c2'>मौसम ?</span>

यसपालिको तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि नेपालको मौसम प्रणालीमा पश्चिमी वायुका प्रभाव रहने देखिएको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसका प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने आकलन छ।

पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भूभागमा हल्का वर्षा/हिमपातको समेत सम्भावना रहेको महाशााखाले बताएको छ।कात्तिक ३ गते लक्ष्मीपूजाका दिन देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ।

कात्तिक ४ गते औंसीका दिन देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

कात्तिक ५ गते गोबर्द्धन पूजाका दिन देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हल्का वर्षा/हिमपातको सम्भावना छ।

कात्तिक ६ गते भाइटीकाका दिन कोशी र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

सबै प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्