मुस्ताङमा आज बिहानैदेखि भारी हिमपात, सवारी आवागमनमा समस्या

<span class='c1'>मुस्ताङमा आज बिहानैदेखि भारी</span> <span class='c2'>हिमपात, सवारी आवागमनमा समस्या</span>

आज बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ-लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ ।

चराङ-लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।

“चराङ-लोमान्थाङ सडकमा उक्त सडकमा आठ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको छ ”, प्रहरी नायब उपरीक्षक लामाले भने ।मङ्गलबार लोमान्थाङ-२ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपीका सुरक्षाकर्मीहरुले छोसेर-कोरला सडकमा जमेको हिउँ पन्छ्याएका थिए । यसैगरी हिमपातका कारण असहज बनेको कागबेनी-मुक्तिनाथ सडक हाल सञ्चालन भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्