लायन्स क्लबद्वारा विराटनगर–८ मा बृहत् निःशुल्क आँखा शिविर सम्पन्न, २०० जना लाभान्वित

<span class='c1'>लायन्स क्लबद्वारा विराटनगर–८ मा बृहत् निःशुल्क</span> <span class='c2'>आँखा शिविर सम्पन्न, २०० जना लाभान्वित</span>

विराटनगर । लायन्स क्लब अफ विराटनगर मिड सिटीले आज विराटनगर महानगरपालिका–८ स्थित ज्ञान निकुञ्ज स्कुलमा एक दिने बृहत् निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ। लायन्स क्लब इन्टरनेशनलको “दृष्टिकोण ” सम्बन्धी सेवात्मक अभियानअन्तर्गत आयोजना गरिएको उक्त शिविरमा विराट आँखा अस्पतालले प्राविधिक सहयोग पुर्‍याएको थियो।


शिविरमा स्थानीय समुदायका करिब २०० जना ले निःशुल्क आँखा परीक्षण सेवा लिएका छन्। सहभागीहरूमध्ये दृष्टि समस्या, मोतिबिन्दु र अन्य आँखासम्बन्धी रोगको प्रारम्भिक जाँच गरी आवश्यक परामर्श प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा लायन्स क्लब अफ विराटनगर मिड सिटीका अध्यक्ष, पदाधिकारी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। क्लबका पदाधिकारीहरूका अनुसार यस्ता स्वास्थ्य शिविरले स्थानीय समुदायमा स्वास्थ्यप्रतिको सचेतना बढाउने र निःशुल्क उपचार पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको हो।

लायन्स क्लबले आगामी दिनमा पनि अन्य स्वास्थ्य क्षेत्रका निःशुल्क शिविर सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्