लागूऔषधसहित रौतहटमा दुई जना पक्राउ

<span class='c1'>लागूऔषधसहित रौतहटमा दुई</span> <span class='c2'>जना पक्राउ</span>

रौतहट । रौतहट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी सहायक निरीक्षक निलेश पाठकको टोलीले गौर रोड घर भएका ३२ वर्षीय भोला साहलाई चेकजाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेको हो ।

साहको पाइन्टको गोजीबाट १९० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले पक्राउ गरेका साहको बयानका आधारमा चन्द्रपुर–६ घर भएका २८ वर्षीय राजेश राईलाई पनि नियन्त्रणमा लिएको हो । पक्राउ परेका साह र राईबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार साह बैंकिङ कसुरका फरार प्रतिवादी हुन् । यस घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । लागूऔषध सेवनकर्ता र कारोबारी बढेको भन्दै यहाँका वासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल–भारत खुल्ला सिमनाका कारण लागू औषध सेवनकर्ता र कारोबारी बढेको अनुमान चन्द्रपुरवासीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्