विराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ?

<span class='c1'>विराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’</span> <span class='c2'>: शीर्ष नेताहरूले के–के बोले ?</span>

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबार भव्य ‘पार्टी एकता सन्देश सभा’ आयोजना गर्यो । सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले एकता, स्वाधीनता र समसामयिक राजनीतिक मुद्दामा आफ्ना धारणा राखे । संयोजक ‘प्रचण्ड’ले मुलुक गम्भीर सङ्कटको अवस्थामा रहेको उल्लेख गर्दै नेपाली जनताको आत्मसम्मान र स्वाधीनताको रक्षा वामपन्थी एकताको मुख्य आधार भएको बताए ।

उनले सम्राज्यवादविरुद्ध लड्न नेपाल सेना वा प्रहरी मात्र पर्याप्त नहुने भन्दै ‘सबै नेपाली फौजी जस्तै उभिनुपर्छ’ भन्ने अभिव्यक्ति दिए । जेनजी आन्दोलनले दलहरूलाई सचेत बनाएको उल्लेख गर्दै उनले पार्टी एकता र विभाजनको पीडाबाट धेरैपटक गुज्रिएको स्मरण गराए । दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई अन्तरिम सरकार बनाउन आफूले पनि सहमति दिएको प्रसंग उल्लेख गर्दै संस्थागत स्थायीत्वका लागि सबै दल जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे । १६ वटा कम्युनिस्ट शक्ति मिलेर नयाँ संरचना तयार गर्नु जेनजी आन्दोलनबाट उठेका मागलाई सम्बोधन गर्ने प्रयास भएको उनले बताए । साथै, निर्धारित समयमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सरकारले भरपर्दो वातावरण बनाउनुपर्नेमा जोड दिए ।

सभामा सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी एकतालाई नेपाली जनताको पहिचान, स्वाधीनता, सामाजिक न्याय र समानुपातिक प्रणालीको सुरक्षासँग जोड्दै समर्थन व्यक्त गरे । उनले कम्युनिष्टहरूको क्रान्तिकारी चरित्र कायम राख्न एकीकरण गरिएको बताए ।


पूर्वप्रधानमन्त्री झलनाथ खनालले विगतमा कम्युनिष्ट नेतृत्वका सरकार आए पनि जनहितका दीर्घकालीन अपेक्षा पूरा गर्न नसकेको आत्मसमिक्षा गर्दै आगामी निर्वाचनमा बहुमत पाए भूमि सुधार, कृषिको आधुनिकीकरण, औद्योगिकीकरण र रोजगार सृजनामा केन्द्रित हुने प्रतिबद्धता जनाए ।

नेता नारायणकाजी श्रेष्ठले सङ्घीयता संरक्षण र सुदृढीकरणसँगै संविधानका कमजोरी सच्याउन आफ्नो पार्टी दृढ रहेको बताए। नेता डा. भीम रावलले आर्थिक समृद्धि र विकासलाई प्राथमिकतामा राख्ने लक्ष्य दोहो¥याए । सभामा कोशका संयोजक हरिबोल गजुरेलको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्