विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना, प्रहरी सहायक हबल्दारको मृत्यु

<span class='c1'>विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना,</span> <span class='c2'>प्रहरी सहायक हबल्दारको मृत्यु</span>

विराटनगर । विराटनगर–१४ बरगाछीमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ। दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षीय भीम खड्का परेका हुन्।

खड्का कोशी प्रदेश प्रहरी कार्यालय, रानीमा कार्यरत रहेको जिल्ला प्रहरीले जनाएको छ। बुधबार राति करिब ९ बजे तिर मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा ठोक्किँदा गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि लगे पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्