आज धान्य पूर्णिमा :देशभर कुल देवताको पुजा हुँदै

<span class='c1'>आज धान्य पूर्णिमा :देशभर</span> <span class='c2'>कुल देवताको पुजा हुँदै</span>

काठमाडौं । मार्गशीर्ष पूर्णिमा अर्थात धान्यपूर्णिमाका दिन आज देशभर आफ्नो कुल देवताको पूजा भइरहेको छ । देशभरका ब्राहृमण क्षेत्रीयहरूले धान्य पूर्णिमाका रूपमा कुल पूजा गर्छन् ।

मसिंर पूर्णिमालाई नेपालभरि नै धान्य पूर्णिमाका रुपमा मनाउने गरिन्छ । धान्यपुर्णिमामा आज देशभर आफ्नो कुल देवताको पुजा गर्ने गरिन्छ । यसै अवसरमा आज ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलमा घिमिरेहरुले पनि आफ्‌नो कुल पूजा गरेका छन् । घिमिरेहरु उत्पति कसरी र कहाँबाट भयो भन्ने यकिन तथ्य नभएतापनि गुल्मी जिल्लाबाट उत्पति भएको सुन्नमा आएको बुढापाकाहरु बताउँछन् । कुलपूजा भनेको कुलको परम्परा वा शास्त्रीय विधिअनुसार पितृ, ख्यातिप्राप्त पुर्खा, कुलका संरक्षक देवता तथा स्थानीय देवीदेवताको निश्चित तिथिमा गरिने पूजा हो।

शास्त्रमा ‘कुल’का साथै कुलायन, कुलायिनीजस्ता शब्द प्रयोग गरेको पाइन्छ । जाति अनुसारको कुलको नाम फरक फरक हुने भयकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्