महिलामाथिको हिंसा विभेदको कारण र परिणाम दुवै होः सपना प्रधान मल्ल

<span class='c1'>महिलामाथिको हिंसा विभेदको कारण र परिणाम</span> <span class='c2'>दुवै होः सपना प्रधान मल्ल</span>

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले महिला हिंसाको कानुनको सवालमा अन्तर्राष्ट्रिय कानुनहरुले पहिला विभेदको कुरा गरेको तर हिंसाको कुरा नगरेको बताइन् ।

आइतबार नेपाल पर्यटन बोर्डमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित ब्रेक द स्टिग्मा ४.० कार्यक्रमा बोल्दै उनले अन्तर्राष्ट्रिय कानुन अनुसार विभेद महिला हिंसाको परिणाम र कारण दुबै हुनसक्ने बताएकी हुन् । ‘अन्तर्राष्ट्रिय कानुनहरुले पहिला विभेदको कुरा गर्यो तर हिंसाको कुरा गरेन । विभेद हिंसाको कारण हो र विभेद हिंसाको परिणाम पनि हुनसक्छ । यसलाई कारण र परिणामको रुपमा पनि हेर्न सकिन्छ,’ उनले भनिन् । न्यायाधीश मल्लले हिंसामा परेका महिलालाई न्याय दिन काम गरिरहेको पनि प्रयाप्त नभएको बताइन् ।

उनले भनिन्, ‘महिलाको बलात्कार हुँदा कहाँ बलात्कार भयो भनि लोकेसन खोज्ने हैन नि उसको शरीरमाथि भएको छ । उसको शरीरनै घटनास्थल हो भन्ने नजिर हामीले स्थापित गरेका छौ । हामीले गरिरहेका छौ तर निश्चय नै त्यो प्रयाप्त छैन । अहिले हरेक दिन फरक फरक मुद्धाहरु पनि आइरहेका छन् ।’
उनले पुरुष पनि पीडित हुन सक्ने भन्दै सबै पुरुष दोषि हुन भन्ने पूर्वाग्रह राख्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्